रिक्रुटमेण्ट कार्य गर्न बिफिनजब्स संचालनमा, यस्ता छन् सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 02:53:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले रिक्रुटमेण्ट सम्बन्धी कार्य गर्नका लागी बिफिनजब्स् डट कम संचालनमा ल्याएको छ । नेपालको बैंक तथा वित्तीय संस्थाहरुको जनशक्ति विकासका लागि तालीम प्रदान गर्दै आइरहेको बिफिनले अब संस्थालाई आवश्यक पर्ने जनशक्ति छनौट गर्ने कार्य समेत गरीदिने भएको हो ।

संस्थाको मेरुदण्डको रुपमा मानिने जनशक्तिको उपयुक्त छनौट तथा आवश्यक तालीम प्रदान गरि एकद्धार प्रणाली मार्फत संचालन गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई सहज हुने आवश्यकता महसुस गरी रिक्रुटमेण्ट एजेन्सी संचालनमा ल्याएको बिफिनले जनाएको छ  ।

बिफिनजब्स डटकम मार्फत कुनै पनि संस्थाका लागि उच्च तहका कर्मचारीहरु, व्यवस्थापकिय तहका कर्मचारीहरुको छनौट, जब पोस्टिङ्ग सर्भिस, उम्मेदबारहरुको सर्टलिस्टिङ्ग, परिक्षा तथा अन्तर्वार्ता, अन्तरिम व्यवस्थापन सेवा, तलब सर्बेक्षण , स्वतन्त्र सन्दर्भ जाँच सेवा र बिज्ञापन सेवाहरु लगायतका सेवाहरु प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । बिफिनजब्स हालसालै मात्र संचालनमा ल्याइएको हुदाँ प्रोमोशनल बिक्री अन्र्तगत सेप्टेम्बर महिनासम्म कुनै पनि सेवा लिएमा ७५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो । बैंक तथा वित्तीय क्षेत्र संग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, वित्तीय क्षेत्र संग सम्बन्धित बिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्न किसिमका मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको सुचनाहरु एकिकृत गरी डाटा बैंकको रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved