बैंकिङ करियरमा सघाउने सीएफआई कोर्षहरु अब नेपालमै उपलब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 01:25:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सीएफआई क्यानडाले उपलब्ध गराउदै आएको अन्तराष्ट्रिय कोर्सहरुमा बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिफिन) ले छुटमा नेपाली बजारमा उपलब्ध गराउने भएको छ । बिफिन र सीएफआई क्यानडाबीच भएको सम्झौता अनुसार बिफिनेले उक्त अन्तराष्ट्रिय कोर्सहरु नेपालमा उपलब्ध गराउने भएको हो ।

सम्झौतामा बिफिनमा रणनीति तथा परामर्श निर्देशक सुबर्ण पौडेल र क्यानडाका संस्थागत तालिम निर्देशक लोनीकोलोम्बेले विधुतिय माध्यमबाट हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रमा क्यानाडाले प्रदान गर्दै अएका  एफभिए आर, सीबीसीए टीएम, सीएमएसए टीएम लगायतका अन्तराष्ट्रिय कोर्सहरुमा बिफनले तयार गरेक अनलाईन तालिम कार्याक्रमहरु उपलब्ध हुने उल्लेख छ ।

समझदारीबाट बैंक तथा बित्तिय क्षेत्रमा रोजगारीको तयारीमा रहेका विद्यार्थी तथा सो क्षेत्रमा कार्यरत कर्मचारीहरु बढी लाभाम्वित हुने बिफिनका रणनीति तथा परामर्श निर्देशक पौडेलले जानकारी दिए ।

बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजीबजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्थाहो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved