नागरिक लगानी कोषको भुक्तानीहरु अनलाइन गरिदैँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 08:13:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको विभिन्न भुक्तानीहरु एनसीएचएलका प्रणालीहरु मार्फत अनलाइन माध्यमबाट हुने भएको छ । नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न सक्ने ब्यबस्था गरेको हो ।

यससँगै कोषले एनसीएचएलको  एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तिय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्नेछ । 

भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्ने कोषले जनाएको छ। कोषले हालै आफ्नो नयाँ कोर सिस्टम  लागू गर्नुको साथै एनसीएचएलको नशनल पेमेंट्स इन्टरफेसमा आबद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको जनाएको छ ।

यस क्रममा कोषले हालको लागी उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत सुरुवात गरेको र क्रमश कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यक्तिगत तथा संस्थाहरु मार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्ने ब्यबस्था गर्ने जनाएको छ ।

कर्माचारी बचत बृद्धी अवकाश कोषको (८० %) कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको प्रणाली मार्फत अन्लाईन नै गरिँदै आएकोमा श्रावण मसान्त २०७७ सम्म कनेक्ट आईपीएस मार्फत ४४.७ करोड बराबरको ६,५०० भन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भैसकेको कोषले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved