पुषको अन्तिम सातादेखि नागरिक पेन्सन योजना अनलाइन प्रणालीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 03:20:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको पेन्सन योजनामा पुष महिनाको अन्तिम सातादेखि मात्र अनलाइनबाट सहभागी हुन सकिने भएको छ । यसअघि कोषले पुषको पहिलो सातादेखि नै अनलाइन प्रणालीको विकास गरिसक्ने जनाएको भए पनि तोकिएको समयमा कार्य नसकिएको हो ।

अनलाइन सिस्टम बनाउने कम्पनीका कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि केहि समय धकेलिएको कोषका नायब कार्यकारी निर्देशक डा. ईन्द्र कुमार कट्टेलले जानकारी दिएका छन् । कोषले उक्त सिस्टम बनाउन ईन्फो डेभलपर्सलाई जिम्मा दिएको जनाएको छ । 

उक्त सिस्टम निर्माणको अन्तिम चरणमा पुगेकाले पुष महिनाको अन्तिम सातादेखि भने पेन्सन योजनामा अनलाइनबाट नै सहभागी जनाउन सकिने नायब कार्यकारी निर्देशक कट्टेलले बिजपाटीलाई जानकारी दिएका छन् । 

कोषले गत भदौ देखि बचत गर्दा पेन्सन पाईने योजना ल्याएको थियो । जसमा कुनैपनि व्यक्तिले १५ वर्षसम्म रकम जम्मा गरेमा पेन्सन पाउनेछ। यसरी जम्मा गरेको व्यक्तिले आँफु ६० वर्ष नाघेपछि पेन्सन पाउनेगरी कोषले यस योजनाको सुरुवात गरेको हो । 

यो पनि : नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी हुने सहभागी , के पाइन्छ सुविधा ? 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved