परिसंघले भन्यो 'कसैले पनि चन्दा मागेको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 02:46:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले आफुहरुसँग कसैले पनि चन्दा माग नगरेको प्रष्ट पारेको छ । राजनीतिक घटनासँग परिसंघलाई जोडेर चन्दा  माग भएको भन्ने  समाचार कपोलकल्पित तथा भ्रामक रहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको परिसंघले जनाएको छ ।

परिसंघले हाल चुनावी प्रयोजनका लागि कतैबाट कसैले चन्दा माग नगरेकोले ति समाचार पूर्णतः काल्पनिक र तथ्यपूर्ण नरहेको स्पष्ट पारेको छ।  

परिसंघले भनेको छ 'परिसंघले सदैव नीतिगत स्थिरता र लगानीको वातावरणका लागि पैरवी गर्दै आएको पनि स्मरण गराउन चाहन्छ । त्यसैले प्रेस जस्तो सम्मानित क्षेत्रका कतिपय पत्रिका तथा अनलाइनमा आउने यस्ता काल्पनिक खबरले निजी क्षेत्र,  राजनीतिक दलहरु तथा सरकार बीचको आपसी सम्बन्धमा अविश्वास खडा गर्न नसक्ने पनि परिसंघको विश्वास रहेको छ । '

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved