आयकर विवरण बुझाउने र कम्पनी अध्यावधिक गर्ने म्याद थप गर्न परिसंघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2021 | 05:22:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत्र मसान्तसम्म थप गर्न माग गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गरेका हुन् । 

वितग वर्षहरुमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समय सिमा भित्रनै गरिरहेको तर्फ औल्याउँदै आर्थिक वर्ष ०७६/०७७ देखिनै कोभिडको कारणबाट उद्योग व्यवसायहरु प्रभावित भएकोले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको बताए । कोभिडको कारण कतिपय उद्योग व्यवसायहरु खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको परिप्रेक्ष्यमा कतिपय उद्योगी व्यवसायीहरुले लेखा परीक्षण कार्यसमेत संपन्न गरि नसकेको अवस्थालाई मध्यनजगर गरी आगाी चैत्र मसान्त सम्म म्याद थप गरे उद्योगी व्यसायीलाई सहज हुने उनको धारणा रहेको छ । 

कतिपय उद्योग एवं व्यवसायमा समयमानै आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने परिस्थिति नहुँदा उद्योगी व्यवसायीले थप शुल्क तथा जरिवाना तिर्नु पर्ने भएकोले सरकारले समयमानै म्याद थप गरी समस्याको समाधान गर्न उनले सरकारसँग माग गरेका छन् । कोभिडको प्रभावबाट प्रभावित व्यवसायीहरुले समय थपभएसँगै सहजरुपमा आयकर विवरण बुझाउइ तथा कम्पनी अद्यावधिक गरी सरकारको राजश्व संकलनको लक्ष्यमा सघाउ पुर्याउन परिसंघ प्रतिवद्ध रहेको उनले बताए ।

विद्यमान आयकर ऐनमा भएको व्यवस्था अनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भए अनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म तोकिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved