कोरोनाको खोपमा निजी क्षेत्रका व्यवसायीलाई प्राथमिकतामा दिनु पर्छ: अध्यक्ष श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 02:26:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले कोरोनाको खोप दिँदा निजि क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले  अग्रपंक्तिमा खटिएका निजी क्षेत्रका व्यवसायीहरुलाइ कोभिड भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनु पर्ने बताएका हुन् ।

उनले अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको र नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकमा यसबाट उत्पन्न चुनौतीसँग सामना गर्न व्यवसायी तथा उद्योगीहरुलाइ झनै कठिन रहेको बताए  ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने हुनाले निजी क्षेत्रको मनोवल उच्च बनाउन आवश्यक भएको उनले बताए । साथै आयात–निर्यातको प्रभावकारिताको लागि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा उनको जोड थियो । यसबाट राजश्वमा प्रतिकुल प्रभाव नपर्ने वरु यसबाट राजश्वमा थप योगदान हुने उनको भनाई छ ।

उनले भने 'भंसारमा जति सहज वातावरण हुन्छ, त्यति नै बढि देशको आर्थिक गतिबिधि पनि सहज हुने भएकोले भंसारलाई प्रबिधी तथा उच्च पूर्वाधारयुक्त बनाउनु पर्छ' ।

 कार्यक्रममा  अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक गतिबिधि अत्यधिक रुपमा बढ्नु पर्ने बताएका छन् । उनले उच्च राजस्व संकलनको लागि आर्थिक गतिबिधि अत्यधिक रुपमा बढ्नु पर्ने, , ब्यापारको सहजीकरण सहज ढंगले हुनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्ने बताएका हुन् ।

 साथै मन्त्री पौडेलले भंसार सेवालाइ प्रभावकारी तथा उत्कृष्ट सेवा प्रदान गर्ने बनाउन प्रबिधि मैत्री बनाइएको बताए । यसलाइ समायनुकुल बनाउन प्रयत्नरत रहेको र यसमा निजी क्षेत्रको पनि उतिनै योगदान हुनु पर्ने उनले बताए । उनले भने ' निजी क्षेत्रले राज्यलाइ दिएको योगदानलाइ कदर गर्दछु र कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक छ।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved