४ अर्ब बढी रकम राख्न बैंक खोज्दै नागरिक लगानी कोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 08:02:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust  ले ४ अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।  कोषले आज एक सूचनामार्फत ४ अर्ब ५ करोड १३ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ । कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

कोषले आगामी फागुन २ गते १२ बजे भित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved