७ अर्ब बढी रकम राख्न बैंक खोज्दै नागरिक लगानी कोष

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 03, 2021 | 08:46:12 AM मा प्रकाशित

laxmi bank

नागरिक लगानी कोष Citizen Investment Trust  ले ७ अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।  कोषले आज एक सूचनामार्फत ७  अर्ब २० करोड रकम १ देखि २ वर्षे मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो । कोषले यसमा २०७८ जेठ १ गतेसम्म भुक्तानी म्याद समाप्त हुने मुद्दती निक्षेप समावेश गरिएको जनाएको छ । 

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ । कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

कोषले आगामी वैशाख २३ गते दिउँसो १:३० बजे भित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved