राजस्व सचिव पुष्करले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 08:46:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।  सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुवाएका हुन् ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । 

सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिएका छन्। ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने , ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’ 

यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए। उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved