कर्मचारी सञ्चयकोषको लगानी ४ खर्ब ३६ अर्ब, सञ्चयकर्तालाई यस्ता छन् सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 12:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चयकोषले कूल लगानी सवा चार खर्च नाघेको छ । कोषले गत आर्थिक वर्ष २०७७/७८ सम्म कूल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुर्‍याएको हाे । कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ ।

कोषले सार्वजनिक गरेको विवरण अनुसार कूल स्रोत ४ खर्ब ४४ अर्ब ४७ करोड पुगेको छ भने जगेडा कोषमा ४० अर्ब १६ करोड बचत छ । सञ्चयकर्ताको सञ्चय कोष मौज्दात रहेको रकम ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ भने कोषलाई ४ अर्ब ६७ करोड दायित्व छ । 

कर्मचारीलाई सञ्चय कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज उपलब्ध गराउने गरेको छ । कोषले आर्थि वर्ष २०७६/७७ को खुद मुनाफाबाट सुरु मौज्दातको आधारमा एक प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको  छ ।

सञ्चयकर्तालाई सञ्चय कोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् । जसको ब्याजदर ७.६० प्रतिशत छ ।  घर निर्माण गर्न वा घर खरिदमा  अधिकतम एक करोडसम्म ७.९० प्रतिशत ब्याज छ । घर मर्मतमा पनि ७.९० प्रतिशत ब्याजरदमा ऋण लगानी हुन्छ । ७.९० प्रतिशत ब्याजदरमा शैक्षिक ऋण लिन पाइन्छ भने ८ प्रतिशतमा सरलचक्र कर्जाको सुविधा छ  ।

कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र संचयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।  

कर्मचारी सञ्चयकोष बिहीबारबाट ६०औँ वर्षमा प्रवेश गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved