१ अर्ब भन्दा बढी रकम मुद्दतीमा राख्न बैंक खोज्दै राष्ट्रिय प्रसारण ग्रिड कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 01:48:33 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले एक अर्ब रुपैयाँ भन्दा बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ। कम्पनीले छ देखि बाह्र महिना सम्मको लागि उक्त रकम तत्काल मुद्दती निक्षेप गर्नुपर्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको छ ।

कम्पनीले असोज १२ गते दिउँसो १२:३० बजेसम्ममा तोकिएको ढाँचामा  सिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको हो। सिलबन्दी दरभाउपत्र सोहि दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ।

कम्पनीले बैंक तथा वित्तीय संस्थालाई आफुले लिन खाजेको रकम, ६ महिने मुद्दती निक्षेपको ब्याजदर, ९ महिने मुद्दती निक्षेपको ब्याजदर, १ वर्षे मुद्दती निक्षेपको ब्याजदर ,  कल एकाउन्टको ब्याजदर सहित शिलबन्दी भाउपत्र पेश गर्न भनेको छ । साथै कम्पनीले  बैंकको पछिल्लो प्रकाशित त्रैमासिक वित्तीय विवरणका आधारमा पुँजीको अनुपात, कूल कर्जा प्राथमिक पूँजि, निक्षेप अनुपात, खुद तरलता अनुपात, कुल निष्कृय कर्जा , कुल निक्षेप, कूल निक्षेपमा सार्वजनिक निक्षेप , कूल निक्षेपमा संस्थागत निक्षेप लगायतका विवरण पनि पेश गर्न आग्रह गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved