नागरिक लगानी कोषका अध्यक्ष भट्टराई र सञ्चालक साउदको बिदाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 07:20:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई बिदाइ गरेको छ ।  कोषका अध्यक्ष डा भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषद्ले मनोनयन गरेको थियो । उमेर हदका कारण अर्थ मन्त्रालयको गत कात्तिक २८ को पत्रानुसार डा भट्टराईको पदावधि समाप्त भएको हो ।

त्यस्तै चन्द्र सिंह साउद नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रतिनिधित्व गर्दै कोषमा संचालक रहेकोमा नेप्सेको र्पमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएपछि उनी स्वत बाहिरिएका हुन् ।

बिदाइ कार्यक्रममा डा भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै बिषय सिक्न पाएको बताए । त्यसैगरी सञ्चालक साउदले आफ्नो कार्यकालमा गरेको सहयोगका लागि सबै सञ्चालकलाई धन्यवाद दिए।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषका अध्यक्ष र सञ्चालकले पु¥याउनु भएको सहयोगको प्रशंसा गर्दै संस्थाको कामलाई विधिसम्मत तरिकाले अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved