पुस ६ सम्म नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरु बन्द रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 08:33:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरु पुस ६ गतेसम्म नै बन्द रहने भएको छ। कोषले यस अघि पुस ४ र ५ गते कारोबारहरु बन्द रहने जनाएकोमा आज सूचना प्रकाशन गर्दै ६ गते पनि कारोबार बन्द रहने जनाएको हो । 

कोषको पुरानो भवनमा रहेको डाटा सेन्टर कोषको नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण गरी जडान गर्नुपर्ने भएको हुँदा पुस ६ गतेसम्म केन्द्रीय कार्यालय र शाखा कार्यालयहरूले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरू बन्द हुने कोषले जनाएको छ । सफ्टवेयर मार्फत गर्नु नपर्ने कार्यहरू भने सो अवधिमा पनि निरन्तर गरिने कोषले उल्लेख गरेको छ ।  

कोषको नयाँ भवन ९० करोड रुपियाँ लगानीमा बनेको हो ।  कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए।

लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रूपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा/रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो। शर्मा/रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई असोज १७ गते नवनिर्मित भवन हस्तान्तरण गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved