नागरिक लगानी कोषले बढायो ११ वटा योजनाको ब्याजदर, कुनमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 04:30:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले नयाँ ब्याजदर घोषणा गरेको छ । कोषले आज साउन १ गतेदेखि लागु हुने गरि ब्याजदर परिमार्जन गरेको हो । कोषले विभिन्न निक्षेप तथा कर्जा योजनामा  आफुले लिने ब्याजदर र आफुले दिने ब्याजदर पनि सार्वजनिक गरेको हो 

जस अनुसार कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषको ब्याजदर ६.५ प्रतिशतबाट  बढाएर ८ प्रतिशत पुर्याएको छ । त्यस्तै ८० प्रतिशत सहभगी ऋण सापटीको ब्याज ८ प्रतिशतबाट बढाएर ९.५ प्रतिशत पुर्याएको छ । 

त्यस्तै कोषले आवास कर्जाको ब्याज ९ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको छ । कोषले सरल कर्जा, सवारी कर्जा को ब्याज ९.५ प्रतिशतबाट  बढाएर १०.५ प्रतिशत पुर्याएको छ भने शैशिक कर्जाको ब्याज ९.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको छ । 

त्यस्तै कोषले उपदान योजना कोषको ब्याजदर ६.५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत, लगानीकर्ता अवकाश कोषको ब्याजदर ६.५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत तथा ८० प्रतिशत सापटी लगानीकर्ता अवकाश कोषको ब्याज दर ८.५ प्रतिशत बाट बढाएर ९.५ प्रतिशत कायम गरेको छ 

नागरिक एकाङ योजनाको ब्याजदर ७ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ भने कोषले राष्ट्र सेवक कर्मचारी सावधिक जीवन बीमा कोषको ब्याजदर ६ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएको छ । 

No photo description available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved