पुर्व बैंकरको सँस्था नेक्सजेन म्यानेजमेन्टले रुग्ण तथा बन्द उद्योग व्यवसाय सम्बन्धी सर्भे गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 12:18:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले रुग्ण तथा बन्द उद्योगको अवस्थालाई लिएर सर्भे र परामर्श सेवा प्रारम्भ गर्ने भएको छ । विगत केही वर्ष देखिको कोरोनाको असर तथा हालैका दिनमा देखा पर्न थालेको विश्वव्यापी आर्थिक मन्दीको कारण धेरै उद्योग व्यवसाय प्रभावित हुँदै गइरहेकाले यसलाई केन्द्रित गरेर यो सेवा प्रारम्भ गरिएको नेक्सजेनले जनाएको छ। 

नेक्सजेनका अनुसार बैंक वित्तिय संस्थामा निष्कृय कर्जाको भयावह स्थिति हुने अनुमान गरिदैछ । वैदेशिक मुद्रामा सहजता पार्न आयात नियन्त्रित हुनु र महगाईको कारण आम नेपालीको क्रयशक्ति कमजोर हुदै गइरहेकोले पनि संचालित धेरै उद्योग व्यवसाय बन्द भैसकेका छन भने अधिकांश रुग्ण अवस्थामा जान थालेको पाइन्छ । देशमा ३५ हजार भन्दा बढीको संख्यामा रहेको सहकारी संस्थामा सम्बद्ध उद्योगी व्यवसायीको अवस्था पनि नाजुक हुदै गइरहेको छ । यस्तो जटिल अवस्थामा रुग्ण तथा बन्द उद्योगको यथार्थ अवस्था अध्ययन गर्ने र उनीहरुलाई उचित परामर्श दिने आवश्यकता देखिएको छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. पूर्व बैंकर तथा उद्योगी व्यवसायीको संस्था हो । पूँजीको उचित परिचालन नहुँदा र बजारको व्यवस्थापन हुन नसक्दा उद्योग व्यवसाय राम्ररी चल्न नसकेको नेक्सजेनको बुझाई रहेको छ।

यही तथ्यलाई विचार गरी भाद्र महिना भरी रुग्ण तथा बन्द उद्योग व्यवसायको सर्भे र अध्ययन गर्ने तथा आश्विन महिनाबाट न्यून शुल्कमा परामर्श सेवा दिन गइरहेको नेक्सजेनले जनाएको छ।

उद्योग व्यवसाय चलाइरहेको, विभिन्न बैंकमा पूर्व कार्यकारी प्रमुखको जिम्मेवारी पनि सम्हालीसकेको हुँदा रुग्ण र बन्द उद्योगको उचित व्यवस्थापन तथा पूनःसंचालन परामर्श दिई सहयोग गर्न सकिने नेक्सजेनले विश्वास लिएको छ। रुग्ण तथा बन्द उद्योगको अध्ययन अनुसन्धानमा यस क्षेत्रका संघ संस्था र उद्योगि व्यवसायीले सक्दो सहयोग गर्ने नेक्सजेनले आशा लिएको नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved