सुरक्षण मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2024 | 03:53:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलसहितका व्यक्तिहरु विरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको दाबी गर्दै उनीसहित ६ जना विरुद्ध मुद्दा दायर भएको हो ।आयोगले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सफल श्रेष्ठ र वन तथा वातावरण मन्त्रालयका तत्कालिन सीडीई नविनकुमार पोखरेल विरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको पनि मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

आइतबार मात्रै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । पौडेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

केहि वर्ष यतादेखि योजना छनोटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन भइरहेको थियो ।

अमेरिकाको पीआर बाहक उनले नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध केही साताअघि मात्रै अर्को मुद्दा दायर भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved