चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ ।
तालिम समापनका अवसरमा सहभागीहरुलाई चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले संयुक्त रुपमा प्रमाणपत्र वितरण गरेका थिए ।
ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नु नै तालिमको उद्धेष्य रहेको आयोजकको भनाइ छ । आयोजकले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन भइरहेको बताएको छ ।
यसैबीच, चौधरी फाउन्डेसनले तीन वटा अलग अलग प्रदेशमा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी तीन दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यसप्रकारकोतालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै शुरु गरिने आयोजकले बताएको छ ।
कार्यक्रममा प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए । चौधरी ग्रूप नेपालको एलजी इलेक्ट्रोनिक्ससँग ४० वर्षभन्दा बढीको व्यवसायिक सम्बन्ध रहेको पनि उनले बताए ।
विश्वकै प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनि एलजी इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिममार्फत युवाहरुमा सिपको विकासमा सहयोग गर्नु चौधरी ग्रूपको कर्तव्य समेत रहेको चौधरीले बताए । यसैगरी, चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चौधरी ग्रूपसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।