नेक्सजेन म्यानेजमेन्टले बैंक वित्तीय संस्थाहरूका ऋणीहरूलाई कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा शुरू गर्ने घोषणा गरेको छ। कर्जा प्रवाहपछि ऋणीहरूलाई समुचित परामर्श नदिँदा खराब कर्जाको समस्या नेपालका बैंकमा बढ्दै गएको र त्यसको समाधानको आवश्यकता महसुस गर्दै यो सेवा सञ्चालन गर्न थालिएको हो।
नेक्सजेन म्यानेजमेन्टको संचालक समितिको बैठकमा अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा माघ १५ गते निर्णय गरिएको थियो। यस नयाँ सेवाले कर्जा प्रवाहपछि ऋणीलाई न्यूनतम शुल्कमा व्यवसायिक परामर्श प्रदान गर्नेछ। यसले कर्जा सही प्रकारले प्रयोग, लेखा व्यवस्थापन, कर व्यवस्थापन, ग्राहक सम्बन्ध, बजार व्यवस्थापन लगायतका महत्वपूर्ण पक्षमा परामर्श दिनेछ।
नेपालमा अहिले बैंक वित्तीय संस्थाहरूको खराब कर्जाको स्थिति चिन्ताजनक छ। ऋणीहरू उद्योग व्यवसाय सञ्चालनको सम्बन्धमा उचित ज्ञान नहुनु र नियमित परामर्शको अभावले कर्जा खराब हुँदै गएको देखिन्छ। यसलाई सुधार्न र बैंकको कर्जा असुली दर बढाउन नेक्सजेनले यो सेवा शुरू गरेको हो।
नेक्सजेनका विशेषज्ञहरूले बैंक वित्तीय संस्थाहरू र ऋणीहरू बीचको पुलको रूपमा कार्य गर्दै ऋणीलाई कर्जा असुली र आर्थिक स्थिरता सुनिश्चित गर्न परामर्श प्रदान गर्नेछन्। यस सेवा अन्तर्गत नेक्सजेन र बैंक वित्तीय संस्थाले सम्झौतासँगै ऋणीलाई आवद्ध गराउनेछन्।
नेक्सजेन म्यानेजमेन्टको यो सेवा देशको आर्थिक संकटलाई कम गर्न र खराब कर्जाको बोझ घटाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।