थाहापाई राख्नुस करदाताको ९ कर्तब्य र ८ अधिकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 12:22:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर १ गते विभिन्न कार्यक्रम गरी कर दिवस मनाईदै छ । मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा मनाउन थालिएको दिवसको यसपालिको नारा ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ तय गरिएको छ । मन्त्रिपरिषदको २०६९ सालको निर्णयअनुसार दिवस मनाइँदै आएको छ । कर दिवसको अवसरमा सरकारले सबै भन्दा बढी कर तिर्ने विभिन्न व्यक्ति, संस्था र व्यवसायलाई सम्मान गरेको छ ।

आन्तरिक राजश्व विभागले विगतभन्दा यसपालि ठूलो मात्रामा करको दायरा बढाएको जनाएको छ । गत वर्ष २१ लाख करदाता रहेकामा अहिले दायरा बढाएर विभागले २९ लाख ६५ हजार करदाता पु¥याएको छ । यो कूल जनसङ्ख्याको करीब छ प्रतिशत हो । विभाग कै तथ्यांकले अझै पनि ठुलो जनसंख्या करको दायरामा नआएको देखिन्छ आन्तरिक राजश्व विभागले विगतभन्दा यसपालि ठूलो मात्रामा करको दायरा बढाएको छ । गत वर्ष २१ लाख करदाता रहेकामा अहिले दायरा बढाएर विभागले २९ लाख ६५ हजार करदाता पु¥याएको छ । यो कूल जनसङ्ख्याको करीब छ प्रतिशत हो । अधिकार र कर्तब्यबारे जानकारी नहुँनु पनि करको दायरा बढ्नु नसक्नुको एउटा कारक मानिएको छ ।

आयकर ऐन, २०५८ मा को दफा ३ अनुसार कुनै आय वर्षमा कर योग्य आय भएको व्यक्ति करदाता हो । त्यसैगरी कुनै आय वर्षको आय विदेशमा पठाउने गैरबासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन र कुनै आय वर्षमा अन्तिम रुपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई कर लगाउने आधारको रुपमा परिभाषित गरिएको छ ।

हेर्नुस करदाताका अधिकार र कर्तब्य ।

करदाताका अधिकार

-सम्मानपुर्वक ब्यबहारको अधिकार

-प्रचलित कानुन बमोजिम कर सम्बन्धि कुराहरुको सूचना प्राप्त गर्ने अधिकार

-करसम्बन्धि कुरामा सफाईको सबुद पेश गर्ने मौका पाउने अधिकार

-प्रतिरक्षाका कानुन व्यवसायी वा लेखापरीक्षक मुकरर गर्ने अधिकार

-कर समबन्धि गोपनीय कुराहरु ऐनमा उल्लेख भएदेखि बाहेक अनतिक्रम्य हुने अधिकारी

-बढी दाखिला भएको कर फिर्ता पाउने अधिकार

-पुर्वादेश माग्ने अधिकार

-प्रशासकीय पुनरावलोकन वा पुनरावेदन समबन्धि अधिकार


करदाताका कर्तब्य

-स्थायी लेखा नम्बर र दर्ता प्रमाणपत्र लिनु पर्ने,

-वस्तु वा सेवा बिक्रि तथा आपूर्ति गर्दा बिल बिजक जारि गर्नु पर्ने

-कारोबारको अभिलेख राख्नु पर्ने

-अग्रिम कर कट्टी गरि दाखिला गर्नु पर्ने,

-समयमा नै कर विवरण दाखिला गर्नु पर्ने,

-समयमा नै कर दाखिला गर्नु पर्ने,

-कर कार्यालयले माग गरेको सूचना दिनु पर्ने,

-कर कार्यालयले सूचना दिएमा उपस्थित हुनु पर्ने,

-कर कार्यालयको काम कारवाहीमा बाधा विरोध गर्न नहुने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved