आन्तरिक राजस्व विभागले आफ्नो
मोबाइल एपमा विभिन्न फिचर थप गरेको छ । कर दिवसको अवसरमा २०७६ मंसिर १ गतेदेखि
लागु हुने गरी अपग्रेड गरिएको एपबाट करसम्बन्धी महत्वपूर्ण कामहरु गर्न सकिन्छ ।
विभागको आइआरडी नेपाल (IRD Nepal) नामक मोबाइल एप एप्पल स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ । पछिल्लोपटक
अपग्रेड गरिएको एपको सहायताले यी कामहरु गर्न सकिन्छः
-प्यान डिटेल
सर्च गर्ने
-सूचना,
प्रकाशन, सम्पर्क नम्बर र करसम्बन्धी विविध जानकारी लिने
-ई-पेमेन्ट
गेटवे प्रयोग गरी कर भुक्तानी गर्ने
-करसम्बन्धी
विवरण हेर्ने
-तोकिएको अवधिको
आयकर विवरण हेर्ने
-अन्तःशुल्कको
विवरण हेर्ने
-कर दाखिलाको
विवरण हेर्ने
-आ.व. र भौचर
नम्बरको आधारमा कर दाखिला भौचर खोज्ने
- वक्यौताको
विवरण हेर्ने
- टीडीएको विवरण
हेर्ने
-करदाताको दर्ता र कर संकलनको अवस्था हेर्ने
एपमा
भएका फिचरलाई सबैले हेर्न मिल्ने, करदाताले लगइन गरी हेर्नसक्ने र विभागको
आधिकारिक युजरले हेर्नसक्ने गरी ३ भागमा वर्गीकृत गरिएको छ । जसमध्ये करदाताको
दर्ता र कर संकलन सम्बन्धी विस्तृत विवरण आधिकारिक युजरले मात्रै हेर्न मिल्छ ।
त्यसैगरी प्यान डिटेल सर्च गर्ने तथा विविध सूचना र जानकारी लिने कार्य सबै एप
प्रयोगकर्ताले गर्नसक्ने व्यवस्था छ ।
एप डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला ।