सम्पत्ति शुद्धीकरणको डरलाग्दो तथ्याङ्क, ४ हजार अर्ब डलर शुद्धीकरण हुने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 01:26:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्पत्ति शुद्धीकरण विश्‍व अर्थतन्त्रको मूल समस्या हो । हाल विश्‍वमा १९३ वटै अर्थतन्त्र रहेका छन् । सन् २०१९ मा विश्‍वको कुल गार्हस्थ उत्पादन ८८ हजार बिलियन डलर हुने प्रक्षेपण गरिएको छ । हरेक अर्थन्त्रको समस्या बनेको सम्पत्ति शुद्धीकरणको हिस्सा विश्‍व अर्थतन्त्रको २ देखि ५ प्रतिशतसम्म रहेको अनुमान छ । यस हिसाबले विश्‍व जीडीपीको सन्दर्भमा वार्षिक ४ हजार बिलियन डलरभन्दा बढीको सम्पत्ति शुद्धीकरण हुने गरेको छ ।

कसरी हुन्छ सम्पत्ति शुद्धीकरण ? 

सम्पत्ति शुद्धीकरण प्रक्रिया मुख्यतया ३ तरिकाले हुने गरेको पाईन्छ । जसअन्तर्गत रकम राख्ने, रकमको तहकिकरण गर्ने, र सम्पत्ति एकीकृत वा मूलप्रवाहीकरण गर्ने आदि क्रियाकलाप मार्फत सम्पत्ति शुद्धीकरण  ।

 रकम राख्ने 

सम्पत्ति शुद्धीकरणकर्ताले सामान्यतया गैरकानूनी रुपमा प्राप्त आयलाई कुनै बैंक वा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ । यस्तो रकम निक्षेपको रुपमा, धनादेश (मनी अर्डर), द्रुत संदेश,  रकम स्थानांतरण वा अन्य उपयुक्त विधिबाट बैंक तथा वित्तीय संस्थामा जम्मा हुन्छ । यसो गर्दा शुद्धीकरणकर्ताले ठूलो रकमलाई खण्डीकरण गरी बैंक तथा वित्तीय संस्थाहरुमार्फत झिक्ने र जम्मा गरेको पाईन्छ ।


 रकमको तहकीकरण 

गैर कानूनी रुपमा आर्जित रकमको स्रोत एवं उत्पत्तिलाई अलग्याउने वा दुरी बढाउँदै शुद्धीकरण गर्ने गरेको पाइन्छ । यसको लागि शुद्धीकरणकर्ताले जटिल र बहु–चक्रीय वित्तीय कारोबारको सहारा लिन्छ । सेयर, डिवेन्चरको खरिद–बिक्री, देशभित्रै वा बाहिर रहेका खाताहरुमा  रकम स्थानान्तरण तथा अस्तित्वमा नभएका वस्तु तथा सेवाको भूक्तानी जस्ता क्रियाकलापहरु देखाएर रकमको तहकिकरण हुने गर्दछ ।


  सम्पत्ति एकीकृत र मूलप्रवाहीकरण

शुद्धीकरणकर्ताले विभिन्न निकायमा छरेर राखेको रकमलाई एकीकृत गरी बैधानिक क्षेत्रमा प्रवाह गर्दछ । यस क्रममा उसले घरजग्गा कारोबार, व्यापार व्यवसाय, स्थायी सम्पत्ति वा संस्थागत क्षेत्र आदिमा लगानी हुन्छ । यसरी पटक पटकको स्थानान्तरण र वैध बनाउने प्रयास गरेर उसले गैरकानूनी ९कालो० आम्दानीलाई शुद्ध सम्पत्तिको रुपमा रुपान्तरण गरी शुद्धीकरण गर्ने कार्यलाई सम्पन्न  गर्दछ ।


सम्पत्ति शुद्धीकरण गम्भीर कानुनी अपराध हो । यस्तो शुद्धीकरणले अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्नुका साथै शुद्धीकरण गरिएको सम्पत्ति आतंकवादी र गैरकानुनी क्रियाकलापमा प्रयोग हुने गर्दछ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कुनैपनि क्रियाकलापमा जान अन्जानमा संलग्न हुनु अक्षम्य अपराध हो ।  अतः त्यस्ता गतिविधिबारे जानकार रही हरदम सचेत रहनु आवश्यक छ । 

यो पनि : 

सम्पत्ति शुद्धीकरण गर्नेलाई ५ गुणा जरिवाना र १० वर्ष कैद


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved