कर बुझाउन ताकेता सुरु, कुनको कहिलेसम्म ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 10:26:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागले कर बुझाउन नयाँ समयसीमा निर्धारण गरेको छ । विभागले कोभिडले उत्पन्न परिस्थितिका कारण नेपाल सरकारको निर्णय बमोजिम नयाँ समयसीमा निर्धारण गरेको जनाएको छ ।

जस अनुसार करदाताहरुले जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउनु पर्ने भएको छ । विभागले फागुन र चैत्रको भ्याट, सोहि अवधिको अन्त:शुल्क, आयकर, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दुरसंचार सेवा दस्तुर जेठ २५ गतेभित्र बुझाउन आग्रह गरेको हो । नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद थप गरेको थियो।

सोहि अनुसार विभागले जेठ २५ गतेसम्मको समय तय गरेको जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved