यी अवस्थामा फिर्ता हुन्छ तिरेको आयकर, के छ प्रक्रिया ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 10:51:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आयकर ऐन २०५८ मा करदाताले तिरेको आयकर फिर्ता सम्बन्धि व्यवस्था पनि छ । बढी दाखिला भएको आयकरको रकम फिर्ता गर्ने कानुनी व्यवस्था ऐनले गरेको छ ।

जस अनुसार कुनै व्यक्तिले आफुले दाखिला गर्नु पर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नु पर्ने कुनै कर वाँकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ । तर आयकर फिर्ताको लागि दावि पेश गर्नु हुन्छ ।

ऐनले बढी रकम दाखिला गरेको कारण उत्पत्ति भएको आय वर्षको समाप्ति भएको मितिले २ वर्ष भित्र दावि पेश गर्नु पर्ने उल्लेख गरेको छ । त्यस्तै बढी रकम दाखिला मितिले २ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ  भने यदि मुद्दा सम्बन्धि विषय हो भने मुद्दा फैसला भएको मितिले २ वर्ष भित्र दावि पेश गर्नु पर्छ  ।

दावि पेश गरेको ६० दिन भित्र रकम फिर्ता पाइन्छ  । यदि तोकिएको अवधिमा रकम फिर्ता नभएमा आयकर ऐनले तोकेको सामान्य व्याजदर सहित फिर्ता हुन्छ । करदाता दर्ता भएको सम्वन्धित कार्यालयबाट नै रकम फिर्ता पाउन सकिन्छ । 

तर कर फिर्ताको लागि करदाताले वढि दाखिला गरेको पुष्टि हुने कागजात सहित सम्वन्धित कार्यालयमा निवेदन दिनुपर्छ । समयमा रकम फिर्ता नभएमा सम्वन्धित कार्यालय प्रमुख वा आन्तरिक राजस्व विभाग समक्ष उजुरी गर्न सकिन्छ । तर औषधी उपचार वापतको कर मिलानवाट वढि भएको रकम र वैदेशिक कर मिलान वापतको रकम भने फिर्ता दावि गर्न पाइदैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved