एक व्यक्तिको नाममा भएको शेयर कसरी अर्को व्यक्तिको नाममा नामसारी गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 07:15:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एक व्यक्तिको नाममा भएको शेयर अर्को व्यक्तिको नाममा नामसारी गर्न सकिन्छ । तर नेपालको कानुनले घरायसी तथा मृत्यु नामसारी र अदालतको आदेश अनुसारको नामसारी मात्र गर्न मिल्छ ।

मृत्यु भएका व्यक्तिहरुको खातामा भएका धितोपत्रहरु कानुनी हकवाला वा इच्छाइएको व्यक्तिको खातामा हस्तान्तरण गर्ने कार्यलाई धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी भनिन्छ । धितोपत्र भनेको शेयर हो ।

डिम्याट खातामा भएका धितोपत्रहरुको हकवालामा नामसारीको लागि डिपीलाई आवश्यक कागजातहरु पेश गरु सहजै नामसारी गर्न सकिन्छ । डिपी भनेको आफ्नो डिम्याट खोलेको कम्पनी हो ।

हेर्नुस यसबारे सोधिने सर्वाधिक प्रश्न र तिनीहरुको उत्तर :

१. मृत्यु भएका हितग्राहीहरुको हकवाला व्यक्तिले डिम्याट खाताका धितोपत्रहरुको हकदावी कसरी गर्ने ?

हकवाला व्यक्तिले नामसारी निवेदन फारम (transmission request form-TRF) का साथ निम्न कागजात संलग्न गरि डिपीलाई निवेदन पेश गर्नु पर्छ ।

-मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

-मृतकको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-हकवालाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-नाता प्रमाणित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-हकवालाको मन्जुरीनामा

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।


२. अंशवण्डाबाट प्राप्त धित्तोपत्रहरुको हकदावीको नामसारी कसरी गर्ने ?

हकवाला व्यक्तिले TRF का साथ निम्न बमोजिम कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

-लिने दिनेको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-मालपोत कार्यालयबाट पास भएको लिखित प्रमाणित प्रतिलिपि

-माग गरिएका अन्य प्रमाणित प्रतिलिपि

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।


३. एकाघरका परिवार भित्रको ३ पुस्ता भित्र घरायसी नामसारी कसरी गर्ने ?

-एकाघर परिवार भित्रको ३ पुस्ता भित्र घरायसी नामसारी गर्नको लागि निम्न नामोजिम कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

-शेयर नामसारी गरि लिने तथा शेयर नामसारी गरि दिने दुवैको निवेदन

-३ पुस्ता भित्रको परिवार देखिने कागजपत्र

-शेयर लिने तथा दिने दुवैको नागरिकताको प्रतिलिपि

-शेयरको प्रमाण

-शेयर लिने तथा दिने बीचको नाता प्रमाणित हुने प्रतिलिपि

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।


४. अदालतको फैसलाबाट हक हुन आउने शेयरको नामसारी कसरी गर्ने ?

-अदालतको फैसलाबाट हक हुन आउने शेयरको नामसारीको लागि TRF का साथ निम्न बमोजिमको कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

-अदालतको फैसलाको प्रमाणित प्रतिलिपि

-हक कायम गराई ल्याउनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-अदालतको चलानी पुर्जा


डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved