के हो सहुलियत कर्जा, कुन कुन प्रयोजनको लागि पाइन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 10:55:00 AM मा प्रकाशित

laxmi  sunrise bank

बैङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जालाई सहुलियतपुर्ण कर्जा भनिन्छ । यो कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थामा निवेदन दिनु पर्ने हुन्छ ।

यो कर्जा सबै किसिमका व्यवसाय गर्नको लागि पाइदैन । “सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार प्रवाह हुने १० प्रकारका कर्जाको लागि कार्यविधिको अनुसूची १ मा तोकिएका निम्न व्यवसाय गर्न मात्र सहुलियतपुर्ण कर्जा पाइन्छ ः

१) कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न,

२) शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरू सिर्जना गर्न, 

३) विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, 

४) महिलामा उद्यमशील क्षमताको विकास गर्न, 

५) दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवम् प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न, 

६) आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि,

७) भुकम्प पीडितहरुको निजी आवास निर्माण का लागि,

८) परम्परागत घरेलु उद्योग सञ्चालन गर्न,

९) सीप एवम् स्वरोजगारमूलक व्यवसायहरू सञ्चालन गर्न ,

१०) पर्यटन सम्बन्धी व्यवसायहरू (होटेल, मोटेल, रेष्टुरेण्ट, ट्राभल एजेन्सी, ट्रेकिङ्, ¥याफटिङ्ग आदि) सञचालन गर्न । 


शैक्षिक प्रमाणपत्रको धितोमा कर्जा लिन पाइन्छ कि पाइदैन ?

स्नातक तह उत्तीर्ण गरेका र ४० वर्ष उमेर ननाघेका युवाहरूले रु ७ लाख सम्म र माध्यमिक शिक्षा वा सो सरह उत्रिण गरेका व्यक्तिले रु ५ लाख सम्म आफ्नो शैक्षिक प्रमाणपत्रको सक्कल प्रतिको (ऋभचतषष्अबतभ) धितोमा व्यवसाय÷उद्यम गर्नका लागि उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्वन्धी संक्षिप्त प्रस्तावको आधारमा सहुलियतपुर्ण कर्जा पाउन सक्छन् ।


पुराना ऋणीहरूले अनुदान ब्याज पाउँछन् कि पाउँदैनन् ?

पुराना ऋणीले ब्याज अनुदान पाउँदैनन् । ब्याज अनुदान सुविधा “सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” लागू भएपछि नयाँ कर्जा लिने ऋणीले मात्र ब्याज अनुदान पाउँछन् । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाको हकमा यदि कसैले “व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७३” बमोजिम कर्जा प्राप्त गरेको भएमा उनीहरूले अनुदान प्राप्त गर्दछन् ।

सहुलियतपूर्ण कर्जामा कुन कर्जाको बिमा गर्नु पर्छ ?

रु. दश लाखभन्दा बढीको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा र कपडा उद्योग सञ्चालनका लागि दिइने कर्जामा बाहेक अन्य सहुलियतपुर्ण कर्जामा अनिवार्य रुपमा कर्जाको बीमा गर्नुपर्छ ।

सहुलियतपुर्ण कर्जाका बारेमा कुनै गुनासो भएमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग वा यस बैंकको प्रदेशस्थित कार्यालयहरूमा गुनासो गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved