घरबाटै आईपिओ भर्न र शेयर कारोबार गर्न के आवश्यक पर्छ, लकडाउनमा आफुलाई कसरी तयार पार्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 05:23:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रविधिको प्रयोग संगै हाल घर मै बसेर शेयर बजारमा कारोबार गर्न सकिन्छ । अर्थात अनलाइनको माध्यमबाट नै घर मै बसेर शेयर खरिद बिक्रिको सम्पूर्ण कार्य सकिन्छ ।  निषेधाज्ञामा बाहिर निस्कन नमिल्ने हुँदा घर मै बसेर पूर्ण अनलाइन कारोबार गर्दा आफुलाई निकै सहज हुन्छ  

तर त्यसको लागि केहि पूर्व तयारी भने गर्नु पर्छ । यस्मा हामीले घर मै बसेर अनलाइन मार्फत शेयर कारोबार गर्नको लागि के के चाहिन्छ भन्ने बारे जानकारी दिने छौ । 

१. प्राथमिक बजार 

कुनै कम्पनीले पहिलो पटक सर्वसाधारणलाई शेयर निष्काशन गर्दा प्राथमिक बजारमा निष्काशन गर्छ। आईपिओको बजार प्राथमिक बजार हो । प्राथमिक बजारमा प्रवेश गर्न मुख्यत बैंक खाता, डिम्याट खाता, मेरोशेयर र सीआरएन नम्बर आवश्यक पर्छ । 

सीआश्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्थाबाट खाता खोल्नु पर्छ । खाता खोल्न नागरीकताको फोटो कपि, सक्कली नागरिकता, आफ्नो फोटोलगायतका कागजात आवश्यक पर्छ ।  

 सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था कुन कुन भन्ने बारे यहाँ क्लिक गरेर हेर्न सकिन्छ । बैंक खाता लिएपछि डिम्याट खाता खोल्नु पर्छ । बैंक खातामा रकम जामा भएजस्तै डिम्याट खातामा अभौतिक गरिएका शेयर भण्डारण हुन्छ । डिपी अर्थात डिपोजीटरी पार्टीसिपेन्टहरु मार्फत डिम्याट खाता खोल्नु पर्छ । डिपी कुन कुन छन् भने यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

डिम्याट खोलिसकेपछि अब सीआस्वा रजिस्ट्रेसन भनिने सीआरएन नम्बर लिनु पर्छ ।  आफुले बैंक खाता खोलेको सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट उक्त नम्बर लिनु पर्छ ।  

यति भएपछि प्राथमिक बजार अर्थात् आईपिओमा आवेदन दिन सकिन्छ । तर अनलाइनबाट घर मै बसेर आवेदन दिने हो भने मेरोशेयर खाता पनि खोल्नु पर्छ ।  डिम्याट खाता जहाँ खोलिएको हो, त्यहि बाट मेरोशेयर खाता खोल्नु पर्छ ।  डिम्याट खाता खोल्दा नै मेरोशेयर खाता खोल्दा सहज हुन्छ ।  

 बैंक खाता, डिम्याट खाता, मेरोशेयर र सीआरन नम्बर भएपछि प्राथमिक बजारमा लगानी गर्न सकिन्छ । बैंक खाता खोल्न र सीआरएन नम्बर लिन कुनै शुल्क लाग्दैन भने डिम्याट खाता खोल्न र मेरोशेयर खोल्न शुल्क लाग्छ ।  तर केहि कम्पनीले विभिन्न समयमा अफर मार्फत निशुल्क यी सेवा दिएका हुन्छन् ।  

प्राथमिक बजारमा खरिद गरिएको शेयर बिक्रि गर्न वा वा अन्य थप शेयर खरिद गर्न दोस्रो बजारमा जानु पर्ने हुन्छ ।  

दोस्रो बजार

दोस्रो बजारमा  प्रवेश गर्न सुरुमा ब्रोकर आईडी आवश्यक पर्छ ।  आफुलाई सहज हुने जुनसुकै ब्रोकर कार्यालयमा  गई ब्रोकर खाता खोल्नु पर्छ । यहाँ क्लिक गरेर  हाल बजारमा कुन कुन ब्रोकर छन् हेर्न सकिन्छ । अनलाइन मार्फत शेयर कारोबार गर्न टिएमएस खाता पनि आवश्यक पर्छ । ब्रोकर बाट नै अनलाइन कारोबारको लागि टिएमएस खाता खोल्न सकिन्छ । टिएमएसखाता निशुल्क खोल्न सकिन्छ । 

 टिएमएस खाता खोलिसकेपछि ब्रोकरले आईडी र पासवर्ड पठाउछ , त्यसपछि आफ्नो खातामा लगईन गरेर शेयर खरिद बिक्रि गर्न सकिन्छ । 

शेयर खरिद गर्नको लागि केहि रकम पहिले नै धितोको रुपमा राख्नु पर्ने हुन्छ । आफुले जति रकमको शेयर खरिद गर्न खोजेको हो, त्यसको २५ प्रतिशत रकम यसरि धितोको रुपमा राख्नु पर्छ । त्यसको लागि आफ्नो बैंक खाताबाट पैसा लोड गर्न सकिन्छ । पैसा लोड गर्नको लागि कनेक्ट आईपीएस खाता आवश्यक पर्छ ।  यो एक इलेक्ट्रोनिक पेमेन्ट पोर्टल हो । जहाँबाट आफूलेखरिद गरेको शेयरको भुक्तानी गर्न सकिन्छ । यो तत्काल रकम भुक्तानी गर्न सकिने अनलाइन पोर्टल हो । यसमा पैसा लोड गर्नु पर्दैन एक चोटी बैंक अकाउन्ट सँग लिंक गरिसकेपछि कुनै पनि पेमेन्ट गर्दा खाता बाट पैसा काटिन्छ । यो राष्ट्र बैंकबाट इजाजत प्राप्त छ । यसका लागि मोवाइलमा प्लेस्टोर तथा एपस्टोर बाट एप डाउनलोड गरी आफ्नो मोवाइलमा इन्स्टल गर्नु पर्दछ । डेक्स्टपमा भने गुगल बाट यसको पेज खोल्न सकिनेछ । पेज खुले पछि आफ्नो अकाउन्ट बनाउनु पर्नेछ, र बनेको अकाउन्टलाई आफ्नो बैंकसगँ लिंक गर्नु पर्नेछ साथै खातालाई बैंकबाट सूचारु गर्नु पर्नेछ ।  प्रभु बैंक वा ग्लोबल आईएमई बैंकको बैंक खाता छ भने ति खाता बाट सोझै रकम लोड गर्न सकिन्छ   शेयर खरिद गरेको रकम पनि यी दुई बैंकको बैंक खाता मार्फत वा कनेक्ट आईपीएसबाट तिर्न सकिन्छ इ सेवा मार्फत पनि शेयर खरिद गरेको रकम भुक्तानी गर्न सकिन्छ । कनेक्ट आईपीएसको फाइदा भनेको यसबाट जुन सुकै बैंकको जुन सुकै खातामा पनि अनलाइनबाट रकम पठाउन सकिन्छ ।

त्यस्तै शेयर बिक्रि गरेपछि मेरोशेयर मार्फत बेचेको शेयर ट्रान्सफर गर्नु पर्छ । आफुले खरिद गरेको शेयरको पैसा तिरेपछि मात्र खरिद गरिएको शेयर आफ्नो डिम्याट खातामा आउँछ भने आफुले बिक्रि गरेको शेयर मेरोशेयरबाट ट्रान्सफरगरेपछि मात्र शेयर बेचेको रकम आफ्नो बैंक खातामा आउंछ ।

यसरी घर मै बसेर पूर्ण रुपमा अनलाइन शेयर कारोबार गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved