साउन १ देखि कति कमाउँदा कति तिर्नुपर्छ कर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 02:34:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व विभागले आगामी वर्ष २०७८/७९ का लागि एकल व्यक्ति र दम्पत्तिकाे आय अनुसार लाग्ने आयकरको दरको विवरण सार्वजनिक गरेको छ । विभागले २०७८ साउन १ गतेदेखि करयोग्य आयमा लागु हुने करको दर सार्वजनिक गरेको हो।

जस अनुसार एकल व्यक्तिका हकमा ४ लाख सम्म करयोग्य रकम आय भएकालाई १ प्रतिशतका दरले कर लाग्ने छ । त्यस्तै ४ लाख ५० हजार सम्म करयोग्य आय भएका दम्पत्तिका लागि पनि १ प्रतिशत नै कर लाग्ने बताइएको छ ।

विभागका अनुसार रु.४ लाख सम्म आय भएका एकल व्यक्तिका लागि ४ हजार कर लाग्छ भने ४ लाख भन्दा माथी  र ५ लाख सम्म करयोग्य रकम आय भएकाको लागि १० प्रतिशत कर लाग्ने विभागले जनाएको छ । त्यस्तै, ४ लाख ५० हजार सम्म आय भएका दम्पत्तिका लागि ४ हजार ५ सय र त्यस भन्दा माथी रु.५ लाख ५० हजार सम्मको रकममा १० प्रतिशतका दरले कर लाग्ने छ । 

त्यसैगरि, रु.५ लाख सम्म आए भएका एकल व्यक्तिको हकमा १४ हजार कर लाग्छ भने ५ लाख भन्दा माथी ७ लाख सम्मको रकममा २० प्रतिशतका दरले कर लाग्दछ । त्यस्तै, ५ लाख ५० हजार सम्म आय भएका दम्पत्तिको हकमा १४ हजार ५ सय कर लाग्छ भने त्यस भन्दा माथी ७ लाख ५० हजार सम्म करयोग्य रकम आय भएकालाई २० प्रतिशतका दरले कर लाग्ने छ । 

एकल व्यक्तिको हकमा रु.७ लाख सम्म आए भएमा ५४ हजार कर लाग्छ भने ७ लाख देखि २० लाख सम्मको रकममा ३० प्रतिशतका दरले कर लाग्दछ ।  त्यस्तै, ७ लाख ५० हजार सम्म आय भएका दम्पत्तिको हकमा ५४ हजार ५ सय कर लाग्छ भने त्यस भन्दा माथी २० लाख सम्म करयोग्य रकम आय भएकालाई ३० प्रतिशतका दरले कर लाग्ने विभागले जनाएको छ । 

त्यस्तै, २० लाख सम्म आए भएका एकल व्यक्तिका हकमा ४ लाख ४४ हजार कर लाग्छ भने २० लाख भन्दा बढि रकम आए भएमा ३६ प्रतिशतका दरले कर लाग्छ । दम्पत्तिका हकमा २० लाख सम्म आय भएमा ४ लाख २९ हजार ५ सय कर लाग्छ भने २० लाख भन्दा बढि करयोग्य रकम आय भएकालाई ३६ प्रतिशतका दरले कर लाग्ने विभागले जनाएको छ । यो रोजगारीको आय मात्र हुनेको लागि तोकिएको करको दर हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved