असार मसान्तसम्म डिम्याट खाता नवीकरण नगरे कुन कुन सेवा रोकिन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2021 | 11:00:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सम्पूर्ण डिपोजिटरी पार्टीसिपेन्ट अर्थात डिपीहरुले आफ्नो डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन् । उनीहरुले असार मसान्तसम्म खाता नवीकरण गर्न आग्रह गरेका हुन् । हरेक आर्थिक वर्षमा डिम्याट खाता नवीकरण गर्नु पर्ने प्रावधान अनुसार डिपीहरुले खाता नवीकरणको लागि आग्रह गरेका हुन्  । डिपी भनेको डिम्याट खाता खोल्ने कम्पनीहरु हुन् । 

हरेक व्यक्तिले डिम्याट खाता खोल्दा 'धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६८' ले गरेका ब्यबस्थाहरु पालना गर्नेछु भन्ने सम्झौता गरेको हुन्छ । सोहि ब्यबस्था अनुसार हरेक आर्थिक वर्षमा डिम्याट खाता नवीकरण गर्नु पर्ने हुन्छ । सिडीएससीका अनुसार असार मसान्त भित्र नै खाता नवीकरण गरिसक्नु पर्छ । तर सिडीएसले थप १५ दिनको म्याद थपेर साउन १५ सम्म खाता नवीकरण गर्न सकिने ब्यबस्था गरेको छ । यो आर्थिक वर्ष अनुसार गरिने नवीकरण भएकोले जहिले खाता खोलेको भएपनि नवीकरण गर्नु पर्छ । 

नवीकरण नगरे के हुन्छ ? 

डिम्याट खाता नवीकरण नगरे डिपीले खाता फ्रिज गरिदिन्छ । खाता फ्रिज हुँदा डिम्याट खाताबाट हुने डेबिट पक्षका कार्य रोकिन्छ । अर्थात डिम्याट खाताबाट शेयर ट्रान्सफर गर्नु पर्दा समस्या हुन्छ। शेयर बिक्रि गरिसकेपछि डिम्याट फ्रिज रहेछ भने त्यसलाई डिआईएस गरेर ट्रान्सफर गर्न मिल्दैन । डिम्याटमा रहेको शेयर ट्रान्सफर गर्न डिम्याट फ्रिज भएको हुनु हुदैन । 

क्रेडिट तर्फ भने कुनै समस्या पर्दैन । अर्थात् डिम्याट खाता फ्रिज रहेछ भने पनि खातामा आउनु पर्ने शेयर आउछ । साथै आईपिओ हकप्रदमा आवेदन दिन पनि समस्या पर्दैन । अनलाइनबाट आवेदन दिने हो भने त्यसको लागि मेरोशेयर नवीकरण गरिएको हुनु पर्छ । मेरोशेयर नवीकरण गरिएको छ भने डिम्याट फ्रिज भएपनि आवेदन दिन सकिन्छ । 

तर डिम्याट खाता एक न एक पटक नवीकरण गर्नै पर्ने भएकोले समय मै नवीकरण गर्दा उचित हुन्छ । पछि नवीकरण गर्छु भने पनि  डिपीले जति वर्षद्केही नवीकरण गरेको छैन, त्यति वर्ष कै शुल्क एक मुष्ट लिन्छ । डिम्याट नवीकरण शुल्क १ सय रहेको छ भने मेरोशेयर नवीकरण शुल्क ५० रुपैयाँ रहेको छ ।

आफ्नो मेरोशेयर र डिम्याटको अवधि कति बाँकि छ र कहिले नवीकरण गर्नु पर्छ भन्ने विवरण मेरोशेयरबाट हेर्न सकिन्छ । यदि मेरोशेयरको अवधि नै सकिएको रहेछ भने मेरोशेयर खोल्ना साथ नवीकरण गर्नको लागि सिस्टमले आग्रह गर्छ । सिस्टमले दिएको निर्देशन अनुसार अनलाइन बाट नै रियल टाइममा मेरोशेयर र डिम्याट नवीकरण गर्न सकिन्छ ।

मेरोशेयर खोलेपछि दाहिनेपटि सबै भन्दा माथि आफ्नो नाम देखिन्छ । त्यसको साइडमा रहेको अनुहार जस्तो देखिने बटनमा क्लिक गरेपछि माइ प्रोफाइल भन्ने खुल्छ । त्यसमा रहेको वोन प्रोफाइलमा तपाइले खाता खोलेको मिति, मेरोशेयर र डिम्याटको अवधि सकिने मिति, र पछिल्लो समय नवीकरण गरेको मिति देखिन्छ । त्यहि रहेको रिन्यु एकाउन्टमा क्लिक गरेर ईसेवा, खल्ती, आईएमई पे र एनसिएचलबाट अनलाइन बाट नै खाता नवीकरण गर्न सकिन्छ । तपाईले कति वर्षको लागि खाता नवीकरण गर्ने हो र कुन कुन खाता नवीकरण गर्ने हो त्यसको विकल्प आफैले छान्नु पर्छ ।


हेर्नुस डिम्याट समबन्धि थप जिज्ञासा र तिनका उत्तर : 

डिम्याट खाता भनेको हो ?

अभौतिकीकरण गरिएका शेयर भण्डारण खोलिने खाता नै डिम्याट खाता हो । यसलाई हितग्राही खाता पनि भनिन्छ । हितग्राहीले सिडिएससिमा डिम्याट खाता खोल्नको लागि डिपी मार्फत् सम्पूर्ण विवरणहरू प्रणलीमा प्रविष्टि गरेपछि प्रणलीबाट उत्पन्न हुने १६ अङ्कको पृथक परिचय नै हितग्राही परिचय नम्बर हो । यसलाई नै डिम्याट नम्बर भनिन्छ  । यो नम्बर  भविष्यमा गरिने सबै कारोबारहरूमा उल्लेख गर्नु पर्दछ । यो नम्बर नक्कल गर्न सकिदैन । अर्थात् दुई हितग्राहीहरूको समान डिम्याट नम्बर हुन सक्दैन । जसले गर्दा गलत खातामा धितोपत्रहरू हस्तान्तरण हुन सक्दैन । आईपिओमा आवेदन दिन र दोसो बजारमा  शेयर खरिद बिक्रि गर्न पनि डिम्याट अनिवार्य छ । 


के डिम्याट् खाता सोझै सिडिएससिमा खोल्न सकिन्छ ?

डिम्याट् खाता सोझै सिडिएससिमा खोल्न सकिदैन । डिपीको माध्यमबाट मात्र सिडिएससिमा डिम्याट् खाता खोल्न सकिन्छ । डिपी भनेको डिम्याट खाता खोल्ने कम्पनीहरु हुन् । जुनसुकै डिपीमा गई डिम्याट खाता खोल्न सकिन्छ । डिपीहरुको सुची हेर्न यहाँ क्लिक गर्नु होला 

सिडिएससिमा एउटा डिम्याट् खाता भएको हितग्राहीले अर्को खाता खोल्न सक्छ ?

सिडिएससिमा एउटा डिम्याट् खाता भएको हितग्राहीले अर्को डिम्याट् खाता खोल्न सक्छ । हाल एक व्यक्तिले अधिकतम २ वटा डिम्याट खाता खोल्न सक्ने ब्यबस्था छ । 

डिम्याट् खाता खोल्दा हितग्राहीलाई हुने लाभहरू के–के हुन् ?

देहाय बमोजिमका लाभहरूका कारणले सबै वर्गका हितग्राहीहरूलाई डिम्याट् खाता अत्यावश्यक छ ः

भौतिक प्रकाणपत्रहरूमा भएका जोखिम हटाउने ः धितोपत्रहरूलाई विद्युतीय रुपमा सञ्चित गरी राख्ने हुँदा भौतिक प्रमाणपत्रहरूमा हुने विविध जोखिमहरू जस्तै ः प्रमाणपत्रहरू ओसार प्रसार गर्दा प्रमाणपत्रहरूमा हुने क्षति, प्रमाणपत्रहरू च्यातिने ÷नष्ट हुने डर, प्रमाणपत्रहरूको चोरी तथा प्रमाणपत्रहरूको नक्कल प्राप्त गर्दा लाग्ने लागत जस्ता समस्याहरू हटाउँदछ ।

धितोपत्रहरूको तुरुन्तै हस्तान्तरण ः जब कुनै हितग्राहीले धितोपत्रहरू खरिद गर्दछ, त्यस्तो धितोपत्रहरूलाई हितग्राहीको खातामा तुरुन्तै जम्मा गरिन्छ र खरिद गर्ने हितग्राहीले ती धितोपत्रहरूको वैधानिक रूपमा स्वामित्व प्राप्त गर्दछ । धितोपत्रको स्वामित्व हस्तान्तरण गराउनका लागि च्त्ब् सकक्ष पठाउनु पर्ने आवश्यकता हुुँदैन । साथै च्त्ब् को पुस्तिकामा भएको धितोपत्रहरूको वैधानिक स्वामित्व प्राप्त व्यक्ति हुनका लागि लामो समय सम्म प्रतिक्षा गर्नु पर्दैन ।

शीघ्र फछ्र्यौट चक्र ः धितोपत्रहरूलाई कारोबार भएको ३ दिन (त्+घ) को फछ्र्यौट चक्र अवधिमा अभौतिक रूपमा फछ्र्यौट गरिन्छ र फछ्र्यौट चक्र अवधिको अन्तिम दिनमा खरिदकर्ताको दातामा जम्मा गरिन्छ जसले गर्दा फछ्र्यौट चक्र शीघ्र हुने कुरा निश्चित हुन्छ ।

आईपिओ निष्काशन हुँदा पाइने शेयरहरूको शीघ्र विवरण ः सिडिएससिमा खाता भएका हितग्राहीहरूलाई प्राथमिक निष्काशन कम्पनीले .वितरण गरेको धितोपत्रहरू वितरण गर्नासाथ सम्बन्धित हितग्राहीको खातामा तुरुन्तै जम्मा गरिन्छ । जसले गर्दा हितग्राहीले निष्काशन कम्पनीबाट प्रमाणपत्र प्राप्त गर्न प्रतिक्षा गर्नु पर्दैन । यसले धितोपत्रहरूलाई स्टक एक्स्चेन्जमा शीघ्र सूचीत गर्नमा सहयोग पु¥याउँछ ।

पोर्टफोलियो व्यवस्थापनमा सहजता ः हितग्रहीलाई खाताको विवरण आवधिक रुपमा प्रदान गरिने हुनाले आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न तथा आफ्नो धितोपत्रको बारेमा विस्तृत जानकारी सहज रुपमा प्राप्त गर्न सक्षम गराउँछ ।

ठेगना परिवर्तनको समस्याको निदान ः हितग्राहीको ठेगाना परिर्वतन भएको अवस्थामा आफूले ग्रहण गरेको धितोपत्रहरूको छुट्टा छुट्टै रुपमा पत्रचार गरी जानकारी गराई रहनु पर्ने आवश्यकता हुँदैन । हितग्राहीले परिर्वतन भएको ठेगना म्ए समक्ष दर्ता गरे पुग्छ । ठेगना परिवर्तन भएको कुराको जानकारी म्ए द्वारा हितग्राहीले धितोपत्र ग्रहण गरेको सबै कम्पनीहरूमा उपलब्ध गर्ने व्यवस्था गरिन्छ ।

धितोपत्रहरूको बन्धकीमा सहजता ः अभौतिक रुपमा परिणत गरिएका धितोपत्रहरू बन्धकी राखिएको अवस्थामा त्यस्ता धितोपत्रहरूको बन्धकी खाता रोक्का गरिन्छ र धितोपत्रहरूको बन्धक राख्ने बेलामा बन्धकी राख्ने वा बन्धकी लिने कसैको पनि धितोपहरूको स्थानान्तरण गर्नु पर्दैन । 

सिडिएससिमा सूचीकृत सबै धितोपत्रहरू एउटै हितग्राहीको नाममा दर्ता भएको अवस्थामा एउटै डिम्याट् खातामा अभौतिकीकरण गरेर राख्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved