ईटीडीएस गरी भेरिफाई गराउन राजश्व विभागको आग्रह, नगरे के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 11:10:22 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यक्तिले आफ्नो आम्दानीबाट राज्यलाई तिर्नुपर्ने नियम अनुसारको कर आम्दानीको स्रोतबाट नै कट्टी गर्ने प्रक्रिया स्रोतमा करकट्टी (Tax Deduction at Source)  हो । अर्को शब्दमा आम्दानीको स्रोतबाट अग्रिम कट्टी गरी भुक्तानी दिने पक्षले सम्बन्धित व्यक्तिको नाममा कर कार्यालयमा दाखिला गर्ने करलाई टीडीएस भनिन्छ । त्यसैगरी ईटीडीएसको पूरा रुप Electronic TDS हो ।

व्यक्ति वा संस्थाले आफ्नो आम्दानीमा लाग्ने कर दाखिला गरिसकेपछि त्यसको विवरण आन्तरिक राजस्व विभागको अनलाईन सिस्टममा ई-फाइलिङ गर्ने काम नै ईटीडीएस हो ।

सामान्यतया हरेक सेवा, वस्तु बापतको भुक्तानी दिने क्रममा नै टीडीएस कट्टी गरिन्छ । त्यसैले भुक्तानी दिने रकममा करकट्टी भैसकेको हुन्छ । तर, त्यसको विवरण आन्तरिक राजस्व विभागको कम्प्युटर प्रणालीमा इन्ट्री नगर्दा कुन व्यक्ति, संस्थाबाट कुन शीर्षकमा कति रकम करकट्टी गरियो भन्ने खुल्दैन ।

ईटीडीएस नगरे के हुन्छ?
करकट्टी भैसकेको  अर्थात् आफुले तिर्नुपर्ने करको दायित्व भुक्तान गरिसकेको तर विभागको  कम्प्युटर प्रणालीमा इन्ट्री नगरेको खण्डमा करकट्टी भएको रकमसम्बन्धी विस्तृत विवरण फेला पार्न सकिन्न । त्यसले गर्दा वास्तविक करकट्टी रकम र करदाताको करयोग्य आम्दानीको विवरणमा नै फरक पर्दछ । अनलाइन सिस्टममा विवरण नभएको करकट्टीका कारण करचुक्ता लिनसमेत समस्या पर्दछ । आन्तरिक राजस्व विभागको कर प्रशासन पूर्णरूपमा कम्प्युटर प्रणालीमा आधारित भएकाले ईटीडीएस गरी आफुले तिरेको करको सम्पूर्ण विवरण कम्युटर प्रणालीमा सुरक्षित गर्नु आवश्यक छ ।

पछिल्लो समय नियम बमोजिम टीडीएस दाखिला गर्ने करदाताले समेत ईटीडीएस नगरेका कारण करकट्टी विवरण प्राप्त गर्न कठिन हुन्छ । ईटीडीएसकै कारण कर प्रशासनमा आउने समस्या न्यूनीकरण गर्ने उदेश्यले विभागले करकट्टीको सम्पूर्ण विवरण तोकिएको ढाँचामा अनलाइन सिस्टममा इन्ट्री अर्थात् ईटीडीएस गरी भेरिफाई गर्न अनुरोध गरेको छ ।

दाखिला भएको करको राजस्व शीर्षक नम्बर, भुक्तानी अवधि, करदाताको स्थायी लेखा नम्बर, बैंक खाता र कार्यालय कोड फरक परेमा सम्बन्धित व्यक्ति, संस्थाको यथार्थ कर गणना गर्न र करचुक्ता गर्न समस्या पर्ने विभागले जनाएको छ ।

यो पनि : आम्दानी र भत्ताबाट काटिने टीडीएस र ईटीडीएस भनेको के हो ?

विभागको सूचना  https://ird.gov.np/public/pdf/558013785.pdf

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved