साउन १ देखि कस्ता निकायले कति तिर्नु पर्छ कर ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 02:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व विभागले आगामी आर्थिक वर्ष २०७९÷८० मा निकायको लागि लागू हुने करको दर सार्वजनिक गरेको छ । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक ऐन र बजेटले गरेको ब्यबस्था बमोजिम विभागले २०७९ साउन १ गतेदेखि लागु हुने करको दर सार्वजनिक गरेको हो ।

जसअनुसार सामान्य व्यवसाय गर्ने निकायलाई २५ प्रतिशत दरले कर लाग्ने छ ।  यस्तै बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हरुतान्तरण (मनि ट्रान्सफर), पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, वीँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र वियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायलाई ३० प्रतिशत दरले कर लाग्ने छ । 

यस्तै सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा नगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए ७.५  प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए १० प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए १५ प्रतिशतका दरले कर लाग्ने छ ।

यस्तै सार्वजनिक गुठी अन्र्तगत दर्ता भई सञ्चालित विद्यालय महाविद्यालयको करयोग्य आयमा २० प्रतिशत कार लाग्ने छ भने कुनै आय वर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा ५ प्रतिशतको दरले कर लाग्ने छ । 

कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा ५ प्रतिशत कर लाग्ने तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा २ प्रतिशत कर लाग्ने छ । 

त्यस्तै आय वर्ष २०७९/८० मा बिजनेश प्रोसेस आउटसोर्सिंग, सफ्टवेयर प्रोग्रमिंग, क्लाउड कम्प्युटिंग लगायतका सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने कारोबार गरि सो वापत विदेशी मुद्रा आर्जन गर्ने वासिन्दा व्यक्तिको हकमा १ प्रतिशत कर लाग्ने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved