
कर्णाली प्रदेशका मुख्यमन्त्री र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बीच सहकार्य गर्नेसम्बन्धमा छलफल भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल र निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ रमेश घिमिरे बीच मुख्यमन्त्री कार्यालयमा आइतबार भेटघाट भएको हो ।
भेटमा कर्णाली प्रदेशमा उत्पादनशील क्षेत्रमा संस्थागत कर्जाको पहुँच वृद्धि गर्न सघाउ पुग्ने किसिमका कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकार र कोष बीच सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ।
सो अवसरमा मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकार यस क्षेत्रको आर्थिक विकासका लागि सहयोग पुग्ने कर्जा सुरक्षण कार्यक्रम सञ्चालन गर्न कोषले गरेको प्रयास प्रशंसा योग्य रहेको बताए ।
साथै, प्रदेशको कृषि मन्त्रालय मार्फत ठोस कार्ययोजना पेश गरी सोको प्रभाकारी कार्यान्वयनको लागि सहयोग गर्ने पनि कँडेलले बताए ।