एफवान सफ्टलाई दक्षिण पूर्वी एशियाको उत्कृष्ट पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 08:11:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एफवान सफ्ट इन्टरनेशनलले दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार प्राप्त गरेको छ । यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ ।

यो कुनैपनि नेपाली कम्पनीले पहिलो पटक जितेको एक प्रतिष्ठित पुरस्कार भएको कम्पनीले जनाएको छ । एफवान सफ्ट गु्रप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले भने ‘हामी हाम्रो प्रयास अनुसार दक्षिण एशियाका प्रतिष्ठित कम्पनीहरू माझ अन्तराष्ट्रिय मान्यता प्राप्त भएकोमा गर्व गर्दछौँ । विश्वलाई विशेषगरी कोरोना भाइरस महामारीको समयमा अझ  नविन सिर्जना गर्ने कम्पनीहरूको आवश्यकता छ ’।  

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानी र मोबाईल बैंकिङ सेवाको विकास गरेको छ, जुन नेपालका एक करोड व्यक्तिले प्रयोग गर्दछन् । कम्पनीले ७ सय जनालाई रोजगारी पनि प्रदान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved