बैकल्पिक सेवा निशुल्क, तर चेक क्लियरिङमा किन चर्को शुल्क ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2020 | 06:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एटिएम सेवामा शुल्क लिन नपाउने व्यवस्था गरेपछि राष्ट्र बैंककै लगानी रहेको कनेक्ट आइपीएसले लिंदै आएको सेवा शुल्कमाथि प्रश्न उठेको छ। बैंकहरुले अर्को बैंकको ग्राहकसँग शुल्क लिएपनि आफ्ना ग्राहकलाई निशुल्क सेवा दिंदै आएपनि राष्ट्र बैंकले एटिएम सेवा निशुल्क गर्नलाई निर्देशन दिएको हो। 

निशुल्क सेवा चाहने ग्राहकले आफ्नो खाता रहेको एटिएम प्रयोग गर्ने विकल्प भएपनि एनसीएचएलले चेक क्लियारिङमा शुल्क उठायो भनेर त्यसको विकल्प ग्राहकसंग छैन। ग्राहकसँग विकल्प भएको सेवामा शुल्क लिन नपाउने व्यवस्था गरेको राष्ट्र बैंकले भने आफ्नै लगानी रहेको एनसीएचएललाई प्रत्येक कारोबारमा शुल्क उठाउँनलाई कुनै रोक लगाएको छैन।  

चेक क्लियरिङ को लागि अर्को कुनै विकल्प नहुँदा पनि राष्ट्र बैंकको लगानी रहेको संस्थाले चर्को शुल्क लिएकोप्रति आम सर्वसाधारणले असन्तुष्टि जनाएका छन्। एनसीएचएलले ५०० रुपैयाँ भन्दा माथिको प्रत्येक चेक क्लियरिङ मा रकम अनुसारको शुल्क लिंदै आएको छ।

यसअघि: एटिएम निशुल्क तर सरकारी लगानीको कनेक्ट आइपिएसमा किन चर्को शुल्क ?

त्यसमा पनि कसैलाई त्यहि सेवा छिट्टो लिनुपर्यो प्रत्येक चेकमा अर्को थप १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ। अधिकांश मानिसहरुले छिट्टो सेवा चाहन्छन भन्ने बुझेर नै एनसीएचएलले प्रत्येक एक्सप्रेस चेक क्लियरिङमा सय रुपैयाँ थप लिने गरेको छ। चेक क्लियरिङ मार्फत हुने आम्दानीमा  एक्सप्रेस चेक क्लियरिङको हिस्सा ठुलो छ।

चेक क्लियरिङ को लागि अर्को विकल्प नहुँदा पनि आफ्नै लगानी भएको एनसीएचएल बाट प्रत्येक कारोबारमा शुल्क लिने तर बिकल्प भएको एटिएम सेवामा शुल्क लिने राष्ट्र बैंकको दोहोरो चरित्र भएको बैंकरहरुको भनाई छ। 

'जुन सेवाका लागि स्थापना गरिएको हो र जसको कुनै विकल्प छैन त्यहि सेवामा राष्ट्र बैंकको लगानीको संस्थाले शुल्क लिने, तर जहाँ विकल्प छ त्यहाँ एटिएममा शुल्क लिन पाइदैन भन्ने निर्देशनले राष्ट्र बैंकको नियतमाथि नै प्रश्न उठ्छ' एक बैंकरले भने, 'राष्ट्र बैक जस्तो संस्थाले निशुल्क सेवा दिनुपर्नेमा उल्टै शुल्क लिएको छ तर बैंकहरुलाई भने शुल्क लिन रोकेको छ, यो कत्तिको सुहाउँदो कुरा हो ? '

'एउटा एटिएम संचालनमा न्युनतम बार्षिक १० लाख खर्च हुन्छ तर शुल्क लिन पाइदैन भन्ने, अर्को तर्फ जहाँ कुनै थप खर्च छैन त्यहाँ प्रत्येक चेक क्लियरिङमा पैसा उठाउने' ति बैकरले प्रश्न गरे, 'राष्ट्र बैंकको लगानीको संस्थाले सकेसम्म यो सेवा निशुल्क दिनुपर्ने हो, सरकारले नाफा कमाउन शुल्क लिने, निजि लगानीको बैंकले सेवा निशुल्क दिनुपर्ने यो कस्तो व्यवस्था ?

एनसीएचएलले चेक क्लियरिङ अर्थात चेक साटीदिएर नै प्रत्येक बर्ष आकर्षक कमाई गर्दै आएको छ। गत आर्थिक बर्ष मात्रै एनसीएचएलले चेक क्लियरिङ मार्फत  ३२ करोड ९४ लाख ५८ हजार आम्दानी गरेको छ। अघिल्लो आर्थिक बर्ष एनसीएचएलले यहि शिर्षकबाट २४ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई डिजिटल माध्यम मार्फत चेक क्लियरिङ सेवा दिनका लागि केहि निजि संस्थासँगको सहकार्यमा एनसीएचएल संचालनमा ल्याएको हो। राष्ट्र बैंकबाट नै प्रवर्द्धन गरिएको कम्पनीले थोरै मार्जिन राखेर काम गर्नुपर्नेमा उल्टै ब्यापारमा केन्द्रित भएकाले पछिल्लो समय एनसीएचएल आफ्नो स्थापनाको उदेशबाट भड्किएको बजारको विश्लेषण छ। 

कोभिड १९ को यो कठिन परिस्तिथिमा राष्ट्र बैंकले आफुले नियमन गर्ने बैंक वित्तीय संस्थालाई एटिएम लगायत बिभिन्न सेवा निशुल्क गर्न निर्देशन दिने तर आफ्नो लगानीको संस्थाबाट भने कुनै छुट नदिई महँगो शुल्क उठाईरहने प्रवृति बिरुद्द सर्वसाधारणले आवाज उठाउन थालेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved