एनसीएचएलबाट बाहिरिदै स्मार्ट च्वाइस , झन्डै ३ लाख कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 08:39:54 AM मा प्रकाशित

nepal oil ltd

नेपाल क्लियरिंग हाउसको झन्डै ३ लाख कित्ता शेयर लिलाम हुने भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजीको नाममा रहेको नेपाल क्लियरिंग हाउसको २ लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर लिलाम हुन लागेको हो   

उक्त लिलाम प्रक्रियामा नेपाल क्लियरिंग हाउसका साविकका संस्थापक शेयरधनी वा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था वा सरकारी स्वामित्व रहेका विशेष ऐनद्वारा स्थापित संस्थाले आवेदन दिन सक्ने छन् 

योग्य आवेदकले असोज २० गतेदेखि २४ गते मुक्तिनाथ क्यापिटलबाट फारम लिएर लिलाम प्रक्रियामा समावेश हुन सक्ने छन् । आवेदन दिँदा न्युनतम ५० हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ ।  शेयरको न्युनतम मूल्य प्रति कित्ता ३५० रुपैयाँ तोकिएको छ । 

हाल एनसीएचएलमा स्मार्ट च्वाइस टेक्नोलोजीको १० प्रतिशत शेयर स्वामित्व छ । यी शेयर बेचेर   स्मार्ट च्वाइस एनसीएचएलबाट बाहिरिन लागेको हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved