के ईसेवा ह्याक भएको हो ? यसो भन्छ कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 11:20:01 AM मा प्रकाशित

nepal oil ltd

भुक्तानी सेवा प्रदायक ईसेवाले अचानक ग्राहकहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेपछि ग्राहकहरुले इसेवा ह्याक भएको आशंका गरेका छन् । तर कम्पनीले भने आफ्नो वेबसाइट ह्याक नभएको जनाएको छ ।

कम्पनीले वेबसाइट ह्याक भएको नभई विभिन्न फिशिंग साइट तथा अन्य स्रोतहरुबाट उपलब्ध डाटाहरुको दुरुपयोग गरि केहि ग्राहकसंग सम्बन्धित जानकारीमा अनधिकृत पहुच स्थापना गरेको जनाएको हो ।कम्पनीका अनुसार केहि ग्राहकको डाटा दुरुपयोग भएको हो ।

कम्पनी स्रोत भन्छ, 'कतिपय ग्राहकले धेरै वेबसाइटहरुको लागि एउटै आइडी र पासवर्ड प्रयोग गरेका हुन्छन्, यस अघि अनाधिकृत रुपमा केहि कम्पनीको डाटाहरु सार्वजनिक भएका थिए, सोहि मध्ये बाट इसेवाका ग्राहकका डाटा फिल्टर गरी सार्वजनिक गरेर दुरुपयोग भएको देखिन्छ।'

सोहि कारण वेब ब्राउजर लगइनमा सम्पुर्ण ग्राहकलाई पासवर्ड परिबर्तन गर्न पनि अनुरोध  गरिएको कम्पनीले जनाएको छ। इसेवा इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्याण्ड्रडाइजेशन (आइएसओ) २७००१ः२०१३ प्रमाणपत्र प्राप्त सस्था भएकोले कम्पनीले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय रहेको कम्पनीले जनाएको छ । ईसेवाले ग्राहकको डाटा र वालतमा रहेको रकम सुरक्षित रहेकोले आफ्नो पासवर्ड परिवर्तन गर्न र ढुक्क हुन आग्रह गरेको छ ।

साइबर सुरक्षाको चुनौतीलाई ध्यान दिदै आफ्नो पासवर्ड, पिन लगायत अन्य जानकारी गोप्य राख्न र पासवर्ड बेला बेलामा परिबर्तन गर्न पनि कम्पनीले आग्रह गरेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved