याहु ग्रुप्स सदाको लागि बन्द हुदै, के हुन्छ याहुको मेल आईडी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 02:35:35 PM मा प्रकाशित

nepal oil ltd

याहुले याहु ग्रुप्स सदाको लागि बन्द गर्ने घोषणा गरेको छ। याहुले आगामी डिसेम्बर १५ देखि याहु ग्रुप्स सदाको लागि बन्द हुने जनाएको हो 

याहु ग्रुप्सको प्रयोगकर्ता घट्दै गएको र दिर्घकालिन रुपमा कम्पनीको रणनीतिसँग यसले मेल नखाने भएकोले सेवा बन्द गर्न लागिएको याहुले जनाएको छ । जस अनुसार अक्टोबर १२ देखि नयाँ ग्रुप्स खोल्ने नमिल्ने भएको छ भने डिसेम्बर १५ देखि वेबसाइट खुल्ने छैन र ग्रुप्सबाट इमेल आदान प्रदान हुन सक्ने छैन 

यद्यपि ग्रुप्सबाट पठाईएका र  ग्रुप्समा आएका मेलहरु हेर्न सकिने याहुले जनाएको छ । याहुले यो सेवा प्रयोग गरिरहेका ग्राहकलाई अन्य सेवा प्रदायकको सेवा लिन आग्रह गरेको छ । याहुले ग्रुप्सका एडमिनहरुले याहु ग्रुप्समा रहेका सदस्यहरुको मेल लिस्ट एकमुस्ट रुपमा एक्सपोर्ट गर्न सकिने सुविधा दिने भएको छ 

यद्यपि याहुको मेल प्रयोगकर्तालाई भने यसले कुनै असर नगर्न याहुले स्पष्ट पारेको छ। याहुले भनेको छ 'याहु ग्रुप्स मात्र बन्द हुन लागेको हो, याहुको मेल अर्थात याहुमेल अहिले जस्तै नै चलिरहने छ' 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved