अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2020 | 03:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

फोन पे पेमेन्ट सर्विस लिमिटेडले दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ योजना सार्बजनिक गरेको छ । यस योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत  बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कार्तिक १ गते घटस्थापना देखि कार्तिक १४ गते पुर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा ५ लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरेको जनाएको छ । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानी भने समावेश छैन । 

 फोन पे सर्विसका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved