‘नागरिक एप’ चलाउँदा डेटा शुल्क नलाग्ने ब्यबस्था गरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 11:22:13 AM मा प्रकाशित

laxmi  sunrise bank

‘नागरिक एप’ प्रयोगका लागी डेटा निःशुल्क गर्ने तयारी भएको छ । एप सञ्चालनको काम गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्दले दुई ठूला टेलिकम सेवा प्रदायक कम्पनीसँग डेटा निशुल्क प्रयोगकको विषयमा छलफल गरिरहेको जनाएको हो ।

केन्द्रले सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलसँग डेटा निशुल्कका लागि विभिन्न चरणमा छलफल भइसकेको जनाएको हो । केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले नेपाल टेलिकमले डेटा निशुल्कका लागि तयारी समेत गरेको जानकारी आएको बताएका छन्।

एप डाउनलोड भएपछि सञ्चालनका लागि डेटा निशुल्कको तयारी भएको हो, एप डाउनलोड गर्न गुगल तथा एप्पलको सहयोग चाहिने हुँदा डाउनलोड गर्दा शुल्क लाग्ने केन्द्रका प्राविधिकहरु बताउँछन् ।

टेलिकमले आवश्यक तयारी गरेतापनि एनसेलले निश्चीत समयका लागि मात्र डेटा निशुल्क बनाउँने सक्ने जनाएको छ ।

यसैगरी नेपाल टेलिकमले सिमकार्डमा नाम गल्ती भएका ग्राहकले एपमा नै गएर सच्याउँन सक्ने गरी नयाँ सिस्टम बनाउँने तयारी गरेको छ । धेरै ग्राहकको नाम फरक हुँदा एप सञ्चालनमा समस्या आएपछि टेलिकमले एपमा नै गएर केवाईसी अपडेट गर्न सक्ने व्यवस्था गर्न लागेको जनाईएको छ ।

यसअघि नै गृह मन्त्रालयले धेरै एप प्रयोगकर्ताले नागरिकताको विवरणमा त्रुटि भएको गुनासो आएको भन्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरु गरेको जनाइसकेको छ । सरकारले दुई वर्षदेखिको तयारी स्वरुप गत माघ २ गते बेर्टा भर्सनमा एप सञ्चालनमा ल्याएको हो । परीक्षणका रुपमा सञ्चालनमा ल्याईएको उक्त एपमा हाल ९ वटा फिचर राखिएको छ ।

अब उक्त एपमा मालपोत सेवा, सवारी चालक अनुमति पत्र, सरकारी कर, बैंकिङ तथा वित्तीय संस्थाको सेवासहितका एक सयभन्दा बढी सेवा राखिने तयारी छ । केन्द्रले अबको दुई वर्षभित्रै सबैजसो सरकारी सेवा लिन सक्ने गरी एप विकास गरीसक्ने तयारी भएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved