कनेक्ट आईपीएसबाट कसरी तिर्ने ट्राफिक जरिवाना ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 04:19:39 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत ट्राफिक नियम उल्लङ्गन गरे बापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब connectIPS मार्फत बुझाउन सकिने भएको छ । अनलाईनबाट नै जरिवाना रकम तिर्न सकिने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखा र एनसीएचएलबीच सम्झौता भएको हो । 

सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिहं प्रधानले हस्ताक्षर गरेका छन् । 

उक्त भुक्तानीको लागि सेवाग्राहीले connectIPS मा लग इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी Dashboard मा रहेको “सरकारी भुक्तानी” भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी भुक्तानी गर्न सकिन्छ । यसरि गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ ।

ट्राफिक जरिवानाको भुक्तानी अनलाईनबाट भए लगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved