क्युआरबाट बैंक खाता खोल्दै प्रधानमन्त्रीले गरे नागरिक एपको शुभारम्भ, के के छन् सुविधा?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 05:49:58 PM मा प्रकाशित

laxmi  sunrise bank

विज्ञान तथा प्रविधिको निरन्तर विकासले मानिसहरूको जीवनलाई सहज र सरल बनाउँदैछ । हाल नेपालमा पनि यस्तै प्रविधिको विकासले धेरै सुविधाहरू भित्र्याएको छ । यस्को एउटा उदाहरण सरकारले आज बाट औपचारिक रुपमा सुरु गरेको नागरिक एप हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एपको औपचारिक शुभारम्भ गरेका हुन्।  चौथो सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर प्रधानमन्त्रीले नागरिक एपको औपचारिक शुभारम्भ गरेका हुन्  । 

 प्रधानमन्त्री ओलीले यस एपको क्यूआर कोडबाट नेपाल बैंकमा खाता खोली एपको सुरुवात गरेको छन् । उनले यस एपबाट सूचना प्रविधिको उच्चतम उपयोग र सदुपयोगले सरकारी सेवा लाई पेपर लेस, फेस लेस बनाउदै आम नागरिकलाई कम समय र कम खर्चमा बिना झन्झट बिना हैरानी सहज, सरल, सुलभ रुपमा सेवा पुर्याउने बताए । उनले भने ‘सात वटै प्रदेशमा डाटा सेन्टरको स्थापना गर्ने अवधारणा छ र त्यही अनुरुप ललितपुरको खुमलटार र बाकेको कोहलपूरमा निर्माण सुरु भई सकेको छ ।’

समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार भन्ने नारा सहित चौथो सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले उक्त कार्यक्रम आयोजना गरेको थियो । सरकारी सेवाहरूको विद्युतिय प्रणली मार्फत घर मा नै अनलाइन बाट सेवा लिन सकिने सम्भव भएसम्म सम्पूर्ण सरकारी सेवाहरूलाई एउटै एप मार्फत उपलब्ध गराउने उद्देश्य सरकारले लिएको छ । 

एपको बारेमा 

२०७७ माघ २ गते एपको वेटा सस्करण सार्वजनिक गरिएको थियो । वेटा भर्जनको एप नै सवा पाँच लाखले डाउनलोड गरेको र १ लाख ९१ हजार प्रयोगकर्ताले दर्ता गरी सकेका छन् । नागरिक एप बाट नै ३ हजार बढि ले पुलिस क्लियरेन्स रिपोट प्राप्त गरेको छन् भने प्यान नम्बर लिनेको संख्या  १० हजार भन्दा बढि छ । एपको शुभारम्भ भएसंगै आजबाट एपमा केहि सुविधा समेत थपिएका छन् । जसमा अनलाइन बाट नै पुलिस रिपोर्ट लिन सकिने, क्युआर कोड बाट नै बैंक खाता खोल्न सकिने लगायत रहेका छन् । नगरिकले छुट्टाछुट्टै वेवसाइट तथा एप प्रयोग गर्नु पर्ने झन्झट हटाउन सरकारले एकीकृत रुपमा नागरिक एप ल्याएको हो । यसमा नागरिकता, राहादानी र मतदाता परिचयपत्र जस्ता नागरिकका प्रमाणिक विवरण छन् । 

के के छन् सुविधाहरू

१) नागरिक लगानि कोष, कर्मचारी सञ्चय कोष ,सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने, 

२) सरकारले जनताको गुनासो सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा, 

३) एसएल सि, प्लस टु तहका शैक्षिक विवरणको सुविधा,

४)स्वास्थ्य बिमाको जानकारी हेर्न सकिने ।  

५) नगरिकता विवरण फेला नपरेमा वा त्रुटि देखिएमा एप बाट नै सच्चाउने अनुरोध गर्न सकिने । साथै यस एपमा रहेका अन्य  विवरणहरू (राहादानी, प्यान, शैक्षिक प्रमाणपत्र) पनि सच्चाउन सकिने,  

६) सवारीसाधनको कर तथा नविकरण शुल्क तिर्न सकिने ,

७) आफ्नो लालपूर्जा तथा जग्गाको कित्ता अनाइनमा हेर्न, प्रिन्ट गर्न तथा राजश्व तिर्न सकिने, 

८) भूमि सुधारमा रहेको आफ्नो जग्गा रोक्का वा फुकुवा रहेको थाहा पाउन सकिने  

९) एप बाट नै स्थानीय तह को कर तिर्न सकिने

१०) क्यूआर कोर्ड मार्फत नागरिक पहिचान प्रमाणीकरण गरिने, जसको सहयोगमा एप बाट नै बैंक खाता खोल्न सकिने सुविधा 


एपमा कसरी आवद्द हुने ?

प्रयोग कर्ताले आफ्नो इमेल भेरीफाइ गरेर आफ्नो नागरिक एपमा लिंक गराउँनु पर्नेछ । नेपाल टेलिकम, एनसिएल र स्माट टेलिकममा जुनसुकै नम्बरबाट नागरिक एपको खाता खोल्न सकिने छ  । तर मोवाइल नम्बर भने आफ्नै नाममा हुनु पर्ने छ । 

अब यसएपलाई  लोक सेवा को फारम भर्न , सिमकार्ड खरिद गर्न तथा सरकारी तथा सार्वजनिक सेवा लिने काममा पनि प्रयोगमा ल्याइने छ । मेवाइलमा मात्र उपलब्ध यो सेवा अब वेवसाइडबाट पनि लिन सकिने छ । 

यस एपले नागरिकता, फोटो र सम्बन्धित कागजात बोकेर हिड्नु पर्ने झन्झटको अन्त्य गरेको छ ।व्यक्तिगत विवरण दुरुपयोग वा  किर्ते हुन सक्ने जोखिम बाट टाढा, राखेको छ ।  उदाहरणका लागि एपबाट क्यूआर स्क्यान गरेर नै अनलाइन बाट बैंक खाता खोल्न सकिन्छ साथै लोक सेवा को र्फम सजिलै भर्न सकिन्छ । सिमकार्ड लिन छुट्टै फाराम भर्नु पर्दैन । इ– कर्मश हवाइ जहाजको टिकट खरिद, होटलको रुम बुकिङ्, लगायत नागरिकको पिहचान खुलाउनु पर्ने स्थानमा समेत यो सुविधा सहज प्रयोग गर्न सकिने  छ । यसबाट नागरिकको समय बचत हुने, खर्च जोगिने र सम्बन्धित निकायलार्इृ ढड्डा खडा गर्नु पर्ने र किर्ते हुन सक्ने डर हुने छैन । 

नागरिकको पहिचान प्रमाणीकरण गर्न एपमा व्यक्तिका आधारभूत विवरण पाँच भागमा वर्गीकरण गरेका छन् । जसमा प्रोफाइल अन्तर्गत (व्यक्तिको नाम, ठेगाना, जन्म मिति, लिङ्ग, मोवाइल नम्बर, इमेल, तस्वीर) राखिएको छ । यस्तै नागरिकता , राहादानी , स्थाइ लेखा नम्बर (प्यान), शैक्षिक प्रमाणपत्र जस्ता जानकारीलाई छुट्टाएर राखिएको छ । 

नागरिकलाई सेवा दिने कार्यलयहरू यस एपमा क्याइन्टका रुपमा रहेका हुन्छन् । सेवा प्रदायक निकायले व्यक्तिगत विवरणको प्रतिलिपि लैजान पाउँदैनन्, पहिचान प्रमाणीत गर्न क्यू आर स्क्यान गर्दा नागरिक एपमा सम्बन्धित निकायले कुन कुन व्यक्तिगत सूचनामा पहूँच पुर्याउन खोजी रहेको छ भन्ने जानकारी देखिन्छ । त्यस किसिमको पहूँच दिने वा नदिने भन्ने विषय सम्बन्धित नागरिक आफैले निर्धारण गर्ने छन् ।  

यस एपको क्यूआर कोर्डबाट नेपाल बैंक र सिद्धार्थ बैंककमा खाता खोल्न सकिने छ । पछि क्रमश अन्य बैंकहरूमा पनि सेवा थप गरिने मन्त्रालयले जनाएको छ । यसका लागि नागरिकले डाउनलोड गरेको  नागरिक एप अपडेट गर्नु पर्ने हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved