नेशनल आईसीटी एक्सिलेन्स अवार्ड सुधिर पराजुलीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 07:47:18 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको नेशनल आईसीटी एक्सिलेन्स अवार्डबाट सुधिर पराजुली सम्मानित भएका छन । चौंथो राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले पराजुलीलाई अवार्डसहित सम्मान गरेका हुन् । 

पराजुलीले प्रमाणपत्रसहित १ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । उनी इन्टरनेट सेवाप्रदायक सुबिसुका साथै इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष समेत हुन् ।

ह्वावे टेक्नोलोजी नेपाल कम्पनी प्रा.लि. नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट सम्मानित भएको छ । कुशुम लामा नेसनल आईसीटी एक्सिलेन्स अवार्ड वुमनबाट सम्मानित भएकी छन् । 

महालेखा नियन्त्रक कार्यालय पब्लिक सेक्टरतर्फबाट सम्मानित भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved