नेपाली कम्पनी फिट इन्टरनेशनलले गर्यो फेसबुकसँग सम्झौता, फेसबुक एड र बुस्टमा सहज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2021 | 10:14:41 AM मा प्रकाशित

laxmi  sunrise bank

फिट इन्टरनेशनल नेपालमा फेसबुक विज्ञापनको पहिलो आधिकारिक रिसेलरको बनेको छ । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको कम्पनीले जनाएको छ । 

यस संगै अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायीले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् ।  यसरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त हुनाका साथै आईआरडी गाइडलाइन पनि पूर्ण रूपमा पालना गरिने कम्पनीले उल्लेख गरेको छ ।

फेसबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन्, जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन । फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिन्छ । अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सक्नेछ । यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउन सँगै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने देखिन्छ ।   

कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले भने, “हामी विश्वास गर्छौ कि जब उद्योग आफै ठुलो र राम्रो हुन्छ तब हामी सबैले फाइदा प्राप्त गर्छौ । यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गर्दछ ।  हामी भविष्यमा पनि उद्योगलाई फाइदा पुर्याउने साझेदारी ल्याउन चाहन्छौँ ।” 

अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायीले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् ।  यसरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त हुनाका साथै आईआरडी गाइडलाइन पनि पूर्ण रूपमा पालना गरिने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved