गभर्नर अधिकारीद्वारा ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ को शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 03:34:21 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल भुक्तानीका बारे डिजिटल माध्यमबाटै अवारनेस ल्याउनेगरी ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’को सुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार सो कार्यक्रमको उद्घाटन गरेका हुन् । 

मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा शुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ को समुद्घाटन (वेवीनार मार्फत) गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताए ।

उनले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको भन्दै डिजिटलाइजेशनलाई कसरी अगाडि बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सीयल डिजिटलाइजेशन लिटेरेसी’ एउटा पाटो हुने अपेक्षा राखेका थिए ।

बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताए । गभर्नर अधिकारीले अहिले चिया पसलदेखि ई–रिक्सासम्म क्युआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताए ।

वित्तीय साक्षरतालाई डिजिटलरुपमा लैजानुपर्ने भन्दै उनले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताए । उनले फाइनान्सियल डिजिटलाइजेशन लिटरेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु एवं डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने बताए । यस्तै गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडि ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पु¥याउने बताए ।

उनले फाइनान्सियल सेक्टर विद्युतीय कारोबार गर्ने क्रममा कोर बैंकिङ सेक्टरमार्फत् अगाडि बढेको बताए । नेपाल राष्ट्र बैंक डिजिटलाइजेशनका निम्ति दत्तचित्र भएर लागेको उनको भनाइ छ । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा रहेको भन्दै सम्पूर्ण क्षेत्रलाई सुझाव उपलव्ध गराउन आग्रह गरेका थिए ।

विगत ६ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा मिडिया इन्टरनेसनलले वित्तीय जागरण राष्ट्रिय अभियान मार्फत वित्तीय साक्षरता र बैंकिङ एक्स्पो कार्यक्रम संचालन गर्दै आएको छ । फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी सोही कार्यक्रमको परिवर्तित नयाँ कार्यक्रम हो । सो कार्यक्रम विकट जिल्ला बझाङबाट सुरु गरिने भएको छ ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटलाईजेशनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताए । अहिलेको युगमा पनि फिजिकल कारोबारमै अल्झि राखेमा डाइनोसर नै हुने उनको बुझाइ छ । उनले बैंकहरुले फिजिकल सेवा भन्दा पनि डिजिटल मार्फत सेवा दिनुपर्ने बताए । 

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष प्रद्युमन पोखरेलले बैंकवित्तबाट ग्राहकहरुलाई खाता खोल्ने मात्र नभइ डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताए । उनले यसका लागि नयाँ फेमवर्क बनाएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

यस्तै लघवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले गाउँ–गाउँका नागरिकहरुलाई उद्यमशिलताको विकासका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

जीवन वीमक संघका कोषाध्यक्ष प्रविनरमण पराजुलीले सम्पूर्ण वित्तीय क्षेत्र डिजिटलाईजेशनका रुपमा अगाडि बढ्न आवश्यक रहेको बताए । 

‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ के हो ?

यो कार्यक्रम पूर्णतया डिजिटल कारोबारलाई बढाउने र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्ने कार्यक्रम हो । ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ वित्तीय साक्षरता, वित्तीय पहुँचका साथै बैंकिङ कारोबार, सबै आर्थिक कारोबार, रेमिट्यान्स कारोबार, विलिङ, टिकेटिङ आदिलाई डिजिटलाइजेशन बनाउन सहयोग पु¥याउने कार्यक्रम हो । यस कार्यक्रममा विभिन्न सम्बन्धित स्रोत व्यक्ति (राष्ट्र बैंक, बैंक वित्त, क्यूआर, वालेट, टेक्नोलोजीसँग सम्बन्धित) स्रोत व्यक्तिले फाइनान्सियल डिजिटलाइजेशनका बारेमा आम–नागरिकले बुझ्ने र उनीहरुलाई डिजिटल फाइनान्सको प्रयोग गर्न सक्ने बनाउनका लागि विभिन्न कार्यक्रम संचालन हुने छ । यो कार्यक्रम विगत ६ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा संचालन हुँदै आएको वित्तीय जागरण राष्ट्रिय अभियान अन्तरगतको परिवर्तित नयाँ स्वरुपको कार्यक्रम हो । ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ पूर्णतया डिजिटल कारोबार र फाइनान्सियल डिजिटलाइजेशन प्रयोगार्थ कार्यक्रम हो । यस अन्तर्गत डिजिटल बैंकिङ, बैंकिङ टेक्नोलजीमा प्रयोग हुने सबै प्रकारका टेक्नोजोजीहरु, आधुनिक मेसिन सिष्टमहरु, बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त तथा सहकारी क्षेत्रमा भित्रिएका टेक्नोलोजीहरुको प्रयोग अभिबृद्धिमा यो कार्यक्रम सहयोगी हुने छ । साथै रेमिट्यान्स सेवालाई डिजिटलाइजेशन गर्ने एवं ई–कमर्शलाई व्यापकता दिने कार्यमा यस कार्यक्रम सहयोगीसिद्ध हुने छ । आर्थिक पुनरुत्थानसँगै डिजिटल कारोबारमा नेपाल राष्ट्र बैंकले लिएको लक्ष्यलाई सार्थकता दिनका लागि बैंक, वित्त तथा राष्ट्र बैंकबाट इजाजत प्राप्त विभिन्न कम्पनीहरुको प्रबद्र्धन गर्दै स्वच्छ प्रतिस्प्रर्धात्मक भावनाको विकास गराउने कार्यक्रमको प्रयत्न रहने छ ।

उद्यमी व्यबसायी र विद्यार्र्थीमा लक्षित कार्यक्रम

पहिलो चरणः प्रत्येक जिल्लामा रहेका स्थानीय उद्यमी र व्यवसायीहरुलाई लक्षित गरी बैंक, वित्त तथा सहकारी संस्थाहरुको समन्वयनमा स्कूल कलेजका प्रिन्सिपलहरु, उद्यमीहरु, व्यावसायिक ग्रुपहरु र स्थानीय जनप्रतिनिधिहरुसमेतको उपस्थितिमा जुममार्फत फाइनान्सियल डिजिटलाइजेशनको प्रयोग अभिबृद्धि बारे कार्यक्रम संचालन गरिने छ । जसमा वित्तीय साक्षरता अभिबृद्धि, बैंकिङ पहुँच अभिबृद्धि, खाता संचालन, बैंक, वित्तका सेवाहरु, रेमिट्यान्स सेवा, कर्जा लिने दिनेलगायतका कार्यमा फाइनान्सियल डिजिटलाइजेशन अवलम्बन गराइनेछ । त्यसका लागि डिजिटल कारोबार गर्न सक्नेगरी प्रशिक्षण संचालन गरिनुका साथै ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ अन्तर्गत तयार गरिएको प्रत्येक व्यक्तिले बुझ्ने र कार्यान्वयन गर्न सक्ने सरल भाषाको भिडियो, अडियो तथा लिखित सामग्री डिजिटल माध्यमबाट उपलव्ध गराई जनचेतना बृद्धि गर्न लगाइने छ । यो चरणमा स्थानीय व्यबसायी तथा उद्यमीहरुलाई डिजिटल कारोबार गर्न सक्नेगरी प्रशिक्षण गराइने छ ।

दोस्रो चरण  ः प्रत्येक स्थानीय तहका जनप्रतिनिधिसहित त्यहाँ संचालनमा रहेका बैंक, वित्त, लघुवित्तसँगको समन्वयनमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ को कार्यक्रम संचालन गरिने छ । यस कार्यक्रमलाई विद्यार्थी वर्गमा फोकस गरिने छ । स्कूल तथा कलेजका कक्षा ९ देखि व्याचलर्ससम्म अध्ययन गरिरहेका विद्यार्थीका लागि यो कार्यक्रम अघि बढाइने छ । जसमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, बैंकर्स तथा फाइनान्सियल डिजिटलाइजेशनसँग जोडिएका विज्ञहरुको उपस्थितिमा स्थानीय तहका विद्यार्थीलाई सहभागी गराई ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ संचालन गरिने छ । जसमा वित्तीय साक्षरता, उद्यमशीलता एवं फाइनान्सियल डिजिटलाइजेशनको प्रयोगका बारे प्रत्यक्ष रुपमा जागरणयुक्त कार्यक्रमहरु पर्नेछन् । यसमा प्रशिक्षण, अन्तरक्रिया संचालन गरिनुका साथै फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ का लागि तयार पारिएका ९भिडियो, अडियो तथा लिखित सामग्रीहरु उपलव्ध गराइने छ । यो चरणमा विद्यार्थीहरुलाई डिजिटल कारोबार गर्न सक्नेगरी प्रशिक्षण संचालन गरिने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved