ल्यापटप किन्न काठमाडौँ विश्वविद्यालयले बिना ब्याजमा ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 02:33:37 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं विश्वविद्यालयले पनि ल्यापटप किन्न बिना ब्याजमै ऋण दिने भएको छ । विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई ल्यापटप खरिदका लागि बिना ब्याजमा १ लाखसम्म ऋण दिने भएको हो ।

काठमाडौँ विश्वविद्यालयको कार्यकारी परिषद्ले विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई ल्यापटप किन्न एक पटकका लागि १ लाख रूपैयाँसम्मको निर्ब्याजी ऋण दिने निर्णय गरेको हो ।

ऋण लिन चहानेले ३ महिनाभित्र ऋण लिइ सक्नुपर्ने र यसरी लिईएको ऋण १ वर्षभित्र भूक्ता गर्नुपर्ने विश्वविद्यालयका वित्तीय महाशाखा प्रमुख कुमार बरालले जानकारी दिए । 

ऋणका लागि स्कुलहरुमा सम्बन्धित विभागीय प्रमुखको सिफारिसमा डिनमार्फत र केन्द्रीय कार्यलयमा भने विभागीय प्रमुखको सिफारिसमा रजिष्ट्रारमार्फत स्वीकृत भएको निवेदन विश्वविद्यालयको वित्तिय महाशाखामा पेश गर्नुपर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved