एफवान सफ्टले विकास गर्यो युज मोबाईलबैंकिङ डटकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 04:28:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्ने कम्पनीले जनाएको छ।

वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) रहेको र तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल (सन्दर्भ सामाग्री) हेर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीका अनुसार वेबसाईटमा मोबाईल बैंकिङ्ग सम्बन्धी नविनतम तथ्य,तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिने छ। कम्पनीले भनेको छ ' युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनल द्धारा मोबाईल बैंकिङ्गको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ्ग र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ । '

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले भने “ मोबाईल बैंकिङ्गको ठुलो संभावना छ,र हामी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन चाहान्छौँ , मोबाईल बैंकिङ्गको प्रयोगमा  धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ की युज मोबाईल बैंकिङ्ग डट कमले मोबाईल बैंकिङ्ग प्रयोग गर्न सहज बनाउन मद्धत गर्छ।” 

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी हो । जसको १८ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्स्मा केन्द्रित छ । कम्पनीले हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । कम्पनीले ५० भन्दा बढि वित्तीय संस्थाहरुको बैंकिङ्ग र वित्तीय संस्थाहरुको बैंकिङ्ग अनुप्रयोगहरु निर्माण  गरेको छ ।

युज मोबाईल बैंकिङ्ग डटकम मोबाईल बैंकिङ्गका प्रयोगकर्ताहरुसम्म सिधै पुग्ने पहिलो प्रयास रहेको कम्पनीले जनाएको छ । कम्पनीले आम प्रयोगकर्तालाई वेबसाईटमा जान र नविनतम समाचारहरुसँग अखबधिक रहनका लागि युज मोबाईल बैंकिङ्गका सामाजिक सञ्जाल पछ्याउन आग्रह गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved