डिभाइसको स्टोरेज क्षमता उद्धार गर्ने सुविधा ल्याउदै राकुटेन भाइबर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 05:21:50 PM मा प्रकाशित

laxmi  sunrise bank

राकुटेन भाइबर एपले नयाँ स्टोरेज व्यवस्थापन सुरु गर्ने घोषणा गरेको छ। यो सुविधाले प्रयोगकर्ताहरुलाई स्टोरेजको नियन्त्रण र सजिलै चाहिएको बेला स्पेस खाली गर्न सकिने व्यवस्था गरेको छ।

भिडियोहरु,एआर लेन्स,तस्बिरहरु,लगायत अन्तरक्रियात्मक सञ्चारका अन्य प्रकृयाहरुका कारण मिडिया मेसेजहरू ठूलो मात्रामा बढिरहेका छन्, जसको कारण पुरानो मोबाइल उपकरणहरूको संस्करणहरूलाई डाटा ह्यान्डल गर्न चुनौतीपूर्ण बनेको छ। स्टाटकाउन्टर ग्लोबलस्टाटको अनुसार, लगभग ४० प्रतिशत मोबाइल र ट्याब्लेट प्रयोगकर्ताहरूले,एन्ड्रोइड संस्करण ११.० वा सोभन्दा कम प्रयोग गर्छन्। भाइबरको नयाँ  स्टोरेज म्यानेजमेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो सम्पूर्ण भाइबर एपबाट क्यास क्लिन गर्न वा कुन च्याटहरूलाई स्पेस  खाली गर्न आवश्यक छ भन्ने जानकारी र सुविधा समेत दिनेछ।

स्टोरेज म्यानेजमेन्टले प्रयोगकर्ताहरूलाई तिनीहरूको उपकरणमा भाइबरले कति ठाउँ लिन्छ भनेर हेर्न मद्दत गर्दछ। साथै तिनीहरूसँग कति कुल स्टोरेज खाली छ कति खाली स्टोरेज बाँकी छ। प्रत्येक च्याटले कति स्टोरेज प्रयोग गर्दछ जस्ता जानकारी भाइबरले दिनेछ।

प्रयोगकर्ताहरूले प्रत्येक च्याटमा हटाउन चाहेका फाइलहरू छनौट गरेर अनावश्यक फाइलहरू डिलिट गर्न  सक्छन्। यसले  च्याटबाट कुनै पनि नचाहिएको मिडिया सामग्रीहरू जस्तै भिडियोहरू, तस्बिरहरु वा फाइलहरू डिलिट गर्न मद्दत गर्छ । यसरी डिलिट गर्दा, जुन प्रयोगकर्ताले डिलिट गरेको हो, उसको च्याटमा स्टोरेज खाली हुन्छ जबकि कुराकानीमा अन्य सहभागीहरूका लागि मिडिया फाइलहरू हट्नेछैन । यदि प्रयोगकर्ताहरूले एपमा प्राप्त फाइलहरू पहिले नै डाउनलोड गरिसकेका छन् भने, ती फाइलहरू प्रयोगकर्ताको उपकरणमा सुरक्षित रूपमा स्टोर  हुनेछन्।


‘हामी हाम्रो नयाँ स्टोरेज म्यानेजमेन्ट सुविधा घोषणा गर्न उत्साहित छौं जसले भाइबर एपलाई विश्वव्यापी रूपमा अझ बढी पहुँचयोग्य बनाउनेछ।  हामी हाम्रा सबै प्रयोगकर्ताहरू नवीनतम उच्च प्रविधि उपकरणहरूको आवश्यकता बिना नै परिवार र साथीहरूलाई चाहेको धेरै मेसेजहरू पठाउन सक्षम हुन् भन्ने चाहन्छौं’ राकुटेन भाइबरका सीईओ ओफिर इयालले भने। ‘हामी विश्वास गर्छौं कि यो सुविधा हाम्रा प्रयोगकर्ताहरूका लागि गेम चेन्जर हुनेछ र उनीहरूको उपकरणमा स्टोरज खाली गर्नमा उत्कृष्ट अनुभव प्रदान गर्नेछ।’

आईओएसका लागि यो सुविधा १९३.० को शुरुवाती संस्करणमा उपलब्ध हुनेछ र एन्ड्रोइडका लागि १९.४ देखि उपलब्ध हुनेछ। यो सुविधा मोबाइलमा मात्र उपलब्ध हुनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved