डिजिटल वालेटमा फेक आइडीको प्रतिष्पर्धा: एउटै नम्बरबाट फरकफरक व्यक्तिले निकाल्छन् लाखौ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 03:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासीका विष्णुप्रसाद भट्टराईलाई विदेश पठाइदिन्छु भनी लोभ देखाएर खोटाङका धनकुमार राइले अजय राई, नविन गुरुङ र अमरदेव राइको नाममा पैसा पठाउन लगाए । 

धनकुमार कै भनाइ अनुसार विष्णुप्रसाद भट्टराईसहित ज्योति राणा, र शेरबादुर गुरुङमार्फत आइएमइ गरेर पाँच लाखबढी रकम पठाए । धनकुमार र विष्णु पहिले साथीसाथी भएर सँगै विदेश गएका पनि थिए । तर पैसाले साथी पनि भनेन ।

विष्णुले पठाएको उक्त रकम अमरदेव राई, नविन गुरुङ र अजय राइले बुझे । अच्चम्मको कुरा त नविन गुरुङ, अमरदेव राइले एकै नम्बर (०६१३९९९६९) उल्लेख भएको राहदानीको फरफरक प्रतिलिपी पेश गरेर रकम निकासा गरे । दुइवटै राहदानीको फोटोकपीमा भएको नागरिकता नम्बर पनि एउटै छ । 

जबकी त्यहाँ प्रयोग भएको ०६–४६४६६४१–०६७ नम्बरको नागरिकता अजय राईको नाममा सुनसरीबाट जारी भएको देखिन्छ । तर ०६१३९९९६९ नम्बरको राहदानी भने विष्णुकुमारी राईको नाममा दर्ता भएको देखिन्छ । त्यही नम्बरहरु प्रयोग गरेर नविन गुरुङ र अमरदेव राइले आइएमइमार्फत रकम बुझे । 

यस्तै अर्काे घटनामा तेजेन्द्र पुनको खाताबाट सनम श्रेष्ठ र जनक दाहालको खल्ती आइडीमा पैसा रकमान्तर भयो । श्रेष्ठको नामको एउटै मोबाइल नम्बर प्रयोग गरी इसेवा र खल्तीमा फरकफरक व्यक्तिको नामा खाता खोलिएको छ  । सनम श्रेष्ठ व्यक्ति एक हुन् तर उनको नामको मोबाइल नम्बर, नागरिकता र केवाइसी फर्ममा प्रयोग भएका फोटा तथा अन्य कागजात सनमका थिएन । अरुकै फोटा टाँसिएका थिए । 

सनम श्रेष्ठसँग सोधपुछ गर्दा उनले त्यहाँ प्रयोग भएको फोन नम्बर आफूले प्रयोग नगरेको र खल्तीमा आफ्नो खाता पनि नखोलेको जवाफ आयो ।

नगरिकता नम्बर एउटाको फोटो अर्काको र रकम झिक्ने व्यक्तिझन् अर्कै । त्यसमा नियमन गर्ने कोही छैन । यस्तो अच्चम्मका गतिविधिले नागरिकका करोडौँ रकम ठगी भइरहेको छ । अहिले डिजिटल वालेटमा देखिएको यो चरम विकृति हो । यस्ता घटनाह बढ्दो रहेको र यसले अपराध अनुसन्धान तथा कारबाहीमासमेत जटिल बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सिताराम रिजाल बताउँछन् ।

यसरी बैंक र विभिन्न भुक्तानी सेवा दिने डिडिटल वालेटमार्फत काठमाडौँ जिल्लामा मात्रै चालु आर्थिक वर्षमा झण्डै एक करोड २२ लाख ६५ हजार ५११ रुपैयाँ रकमान्तर हुँदा नागरिकले रकम प्राप्त गर्न नसकि ठगिएका छन् । नेपालभरी हेर्ने हो भने यो रकम २०औँ करोड माथि रहेको सेवा प्रदायक संस्थाहरु नै स्वीकार्छन् ।

त्यस्ता गतिविधिमा बैंक पनि अछुतो छैन । तुलनात्मक रुपमा बैंक भन्दा डिजिटल वालेटमा बढी नक्कली फोटा र डकुमेन्ट पेश गरेर रकमान्तर भइरहेको छ ।

यो आर्थिक वर्षमा बैंकमार्फत ५९ जनाले ६५ लाख ४२ हजार रकमान्तर गरी ५६ जनाको रकम लगेका छन् । यस्तै अन्य डिजिटल वालेटहरु इ–सेवा खल्ती, आइएमइ मनी ट्रान्सफर, क्यास–पे वालेट, जिएमइ रेमिट, सिटी एक्सप्रेस प्रालिलगायतमार्फत यसरी रकमान्तर भएको छ । 

यसमा बैंक खाता बाहेकका डिजिटल वालेट मध्येमा सबैभन्दा बढी रकमान्तर आइएमइ मनी ट्रान्सफरबाट भएको छ । त्यसबाट कुल रु ३२ लाख ४१ हजार ट्रान्सफ भएको छ । त्यसमार्फत १२ जनाको पैसा १६ जनाले लगेका पााइएको छ । 

यस्तै इसेवाबाट १९ जना पीडितको १३ लाख रकमान्तर भएको छ भने खल्तीबाट २० जनाले ७ लाख ७७ हजार रकमान्तर गरेका छन् ।

कुल ११२ जनाले पीडित भयौँ भन्दै १३४ जना विरुद्ध उजुरी दिएका काठमाडौँ प्रहरीले जनाएको छ । यसअघि आब २०७८÷७९ मा ३३८ जनाले १९७ जना विरुद्ध चार करोड ४८ लाख ठगीमा परेको भनी उजुरी परेको छ ।

प्रहरीको साङ्केतिक चेतावनी

यसरी नम्कली आइडी बनाउने र पैसाको भुक्तानी लिनेदिने प्रतिष्पर्धा जस्तै देखिएको डिजिटल वालेटमार्फत झुक्तानी सेवा प्रदायक संस्थाहरुलाई केही दिन अघि काठमाडौँ प्रहरीले बोलाएर सांकेतिक चेतावनी दिएको छ ।

प्रहरीसँग ति सेवाप्रदायक संस्थाहरुले भने यो रोक्न नसकिने प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्नो प्रणालीले रोक्न नसकिनेन भनी जिम्मेवारीबाट पन्छिएका थिए । 

यसरका लागि सरकारले नै परीषण प्रणाली विकास गर्न सके मात्रै रोक्न सकिने इसेवाका दिनेश प्याठाले बताए । सिटी एक्सप्रेस मनी ट्रान्फरका विनय रेग्मीले पनि यसलाई रोक्न नीतिगत संरचना आवश्यक भएको प्रतिक्रिया दिए । 

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका सहायक निर्देशक विनोद बजगाई यस्ता स.स्थाहरुले संस्थागत एक्सन लिने संरचना निर्मा गर्न सुझाव दिएका छन् । उनले केवाइसी भेरिफिकेसन छैन भने सेवा नै बन्द गर्नुपर्ने बताए । प्रहरी उपरीक्षक रिजालले सेवा प्रवाह गर्दा पूर्ण विश्वस्थ भएर मात्रै गर्न सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved