आइएमई पे र एम बैङ्कबीच डिजिटल भुक्तानी सम्झाैता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 05:22:22 PM मा प्रकाशित

nepal oil ltd

 सहकारी संस्थालाई डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँकबीच सम्झौता भएको छ ।  सम्झैतामा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन्   ।

सम्झौता अनुसार एम बैँक एप मार्फत ६ सय ५० भन्दा बढि सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले  आइएमई पे वालेटमा रकम लोड, आइएमई पे बाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा प्राप्त गर्न सक्नेछन्  ।

 मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेको  कम्पनीले जनाएको छ। आइएमई पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् ।

 नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोवाईल वालेट मार्फत सेवाग्राही आफैले वा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी गर्न सक्नेछन । यसले व्यक्ति व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved