हुलास फिनसर्भले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2024 | 08:48:02 AM मा प्रकाशित

laxmi sunrise bank

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। यसका लागि हुलासले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

यस सम्बन्धि सम्झौतापत्रमा हुलासका तर्फबाट हुलासका अध्यक्ष शेखर गोल्छा तथा क्यापिटलको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत  दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार शेयर निष्काशन सम्बन्धी सम्पूर्ण काम क्यापिटलले गर्नेछ। हुलासले २० लाख ७५,००० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। 

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने अध्यक्ष  गोल्छाले जानकारी गराए।  हुलास नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ । 



Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved